• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

काठमाडौँ महानगरको एकै वडामा १९८ संक्रमित


सुभाय् संवाददाताSeptember 2, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / काठमाडौं महानगरमा भदौ १३ गतेसम्ममा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ हजार ४५२ पुगेको छ । यी बिरामीको सम्पर्कमा भएका ४, २१३ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ । महानगरमा भदौ १२ गते २, ३४३ संक्रमित भएकोमा १३ गते १०९ जना थपिएर २,४५२ पुगेको हो । यस दिनसम्ममा ५४८ जना होम आइसोलेसनमा र ५४१ जना अस्पतालमा हुनुहुन्थ्यो । ४६० जना निको भएर फर्किनुभएको छ भने १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा ३, ७, १२, १३, २०, २१, २२, ३१ र ३२ मा १/१ जना वडा ४ मा २ जना, १० मा ३ जना र २७ मा २ जना व्यक्ति हुनुहुन्छ ।
१४ र १५ गते पहिचान भएका बिरामीहरुलाई सम्पर्क गर्ने, ठेगाना एकिन गर्ने, उपचारमा पठाउने काम भइरहेको छ । सहरी स्वास्थ्य महाशाखका निर्देशक हरिबहादुर कुँवर भन्नुहुन्छ-‘ पिसिआर परीक्षणका समयमा व्यक्तिले टिपाएको ठेगाना फरक पर्ने समस्या देखिएकोले बिरामी भेट्टाएपछि मात्र तथ्याङ्क एकिन गर्ने गरेका छौं । अस्थायी बसोबास गर्ने व्यक्तिलाई वडागत सिमाना थाहा नहुँदा वडा र ठेगाना फरक पर्ने गरेको छ । बिरामी पत्ता नलागी सख्या उल्लेख गर्दा बिरामी भएका ठाउँमा प्रभाव नहुने तर बिरामी नै नभएका ठाउँमा व्यक्तिहरु प्रभावित हुन थालेपछि बिरामी एकिन भएपछि मात्र संख्या उल्लेख गर्न थालेृका छौं ।’
भदौ १३ गतेसम्मको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै वडा ३२ मा संक्रमितको संख्या १९८ पुगेको छ । जसमध्ये ७१ जना निको भएर फर्किनुभएको छ । ३६ जना अस्पतालमा उपचाररत हुनुहुन्छ भने ५४ जना होम आइसोलेसनमा हुनुहुन्छ । वडामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने संक्रमितको सम्पर्कमा रहनुभएका ४५० जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ । दोश्रोमा वडा ३ मा संक्रमितको संख्या १८० पुगेको छ । जसमध्ये ५८ जना निको भएर घर फर्किनुभएको छ, २८ जना होम आइसोलेसनमा र ७९ जना अस्पतालमा हुनुहुन्छ । वडामा १ जनाको मृत्यु भएको छ । वडामा १२८ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ ।
तेश्रो धेरै संक्रमण भएको वडा १६ हो । यस वडामा १६६ जना बिरामी हुनुहुन्छ । जसमध्ये होम आइसोलेसनमा २७ जना अस्पतालमा ६० जना उपचाररत हुनुहुन्छ । २५ जना निको भएर फर्किनुभएको छ भने मृत्यु कसैको भएको छैन । वडामा २७५ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ ।
यसरी हेर्दा वडा ३२ का १९८ जनामध्ये १६२ जना, वडा ३ का १८० मध्ये १६६ जना र वडा १६ का १६६ मध्ये ११२ जना तथ्याङ्कमा आएका छन् । अरु खै तरु प्रश्नको उत्तरमा महानगरका निरीक्षक ज्ञानबहादुर ओली भन्नुहुन्छ -‘ अस्पतालबाट उपचार गरेर फर्कनेको संख्या अद्यावधिक गर्न समस्या परिरहेको छ । उपचार गर्न गएपछि कहिले फर्किनुभयो भन्ने खवर न अस्पतालबाट आउँछ । न बिरामीले थाहा दिनुहुन्छ ।’
साभार:newsofnepal

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • भोलिदेखि सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा सुरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑