• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 01, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

कोरोनाको हटस्पट काठमाडौंमा छैन निशेधाज्ञा ,बाहिर ३९ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी


सुभाय् संवाददाता August 17, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ / कोरोना महामारीको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासन तथा स्थानीय तहले आवश्यकताको आधारमा ३९ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । लकडाउन खोलिएसँगै देशभर कोरोना संक्रमण ह्वात्तै बढेको छ । यसलाई नियन्त्रणमा लिन ,थप फैलन नदिन यसरी स्थानीय प्रशासन तथा स्थानीय तहले पूर्ण तथा आंशिक लकडाउन गरेका हुन् ।
गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाले ३९ जिल्लामा फरक फरक प्रकारले निषेधाज्ञा जारी गरिएको बताए । जिल्लामै सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कतै जिल्ला प्रशासन कार्यालयबाटै सूचना जारी भएर निषेधाज्ञा लगाइएको छ भने अधिकांश स्थानीय तहले आफूले स्वतःस्फूर्त रुपमा लकडाउन गरेका छन् ।

उनका अनुसार सोमबार दिउँसोसम्म ३९ जिल्लामा आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी भएका छन् । २८ जिल्लामा स्थानीय प्रशासनले सङ्क्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरिएको उनले बताए । पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी भएको छ ।
यसैगरी चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, पश्चिम रुकुम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक रुपमा लकडाउन रहेको छ । त्यो क्रम निरन्तर रुपमा बढिरहेको प्रवक्ता बुढाले बताएका छन् । आफ्नो स्थानीय तहमा जोखिमको आधारमा स्थानीय तहले निषेधाज्ञाको फरक फरक शैली अपनाएका छन् ।

तर सबैभन्दा जोखिम मानिएको कोरोनाको नयाँ हटस्पटको रुपमा विकास भएको देशको संघीय राजधानी काठमाडौँ उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन । रेस्टुरेन्ट, सैलुन र जिमखाना पूर्ण रूपमा बन्द गरिएका छन् । उपत्यकाभित्र १३ वटा समूहले निगरानी र अमुगमनमा राखिएको छ । आवश्यकता हेरेर स्थानीय प्रशासनले काठमाडौँ उपत्यकामा थप कडाइ गर्न सक्ने प्रवक्ता बुढाले बताए । तर उपत्यकाका मेयरहरुले भने लकडाउन गर्ने सोच बनाएको देखिंदैन । सबैले संघीय सरकारकै इशारा पर्खेर बसेको अनुभूति गरिएको छ ।

सम्बन्धित पोस्ट
  • काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑