• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

काठमाडौं महानगरभित्र ७५२ जनामा कोरोना संक्रमण (साउन २९ गतेसम्म )


सुभाय् संवाददाताAugust 15, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / काठमाडौं महानगरभित्र साउन २९ गतेसम्म ७५२ जना कोरोना संक्रमित भएका छन् । काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखाले जानकारी गराए अनुसार कोरोना पोजेटिभ हुने व्यक्तिको संख्या ७५२ र मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस अवधिमा पोजेटिभ देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा भएका १ हजार ५५४ जनाको कन्ट्रयाक ट्रेसिङ् गरिएको थियो भने यसमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।यी केसहरु प्राय: साउन १५ गते पछिका हुन् ।
” यो संख्यामा केही तलमाथि हुन्छ । ठूला अस्पतालको विवरण महानगरमा आएको छैन । उहाँहरुले पनि महानगरमा बसोबास गर्नेहरुको परीक्षण र उपचार गर्नुभएको छ । सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका कार्यालयहरुमा परीक्षण गर्नुभएको छ । यसरी गरिएका परीक्षणमध्ये केहीको संख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको संख्या प्राप्त हुन सकेको छैन । यसकारण संख्यामा केही तलमाथि हुनसक्छ ।” जनस्वास्थ्य महाशाखाका निरीक्षक ज्ञानबहादुर ओलीले बताए ।
उनका अनुसार पूरा विवरण प्राप्त नभएकोले कति निको भएर फर्के र अरु कति संक्रमित पनि छन् भन्ने पूर्ण तथ्यांक अहिले नै दिन सक्ने अवस्था नभएको बताए ।
प्राप्त बिवरणअनुसा सबैभन्दा धेरै संक्रमितको संख्या वडा ४ मा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएका पोजेटिभ केस यही वडामा जोडिएकोले यस वडामा संक्रमितको संख्या धेरै देखिएको हो । वडानं २ मा अहिलेसम्म कुनै पनि पोजिटिभ केस देखिएको छैन ।
जन स्वास्थ्य बिभागका अनुसार महानगरमा वडा १ बाट ३७ जना, ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना संक्रमितको संख्या दर्ता भएको छ । ४ बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ६१ जना, ५ बाट १७ जना, ६ बाट १५ जना, ७ र ८ बाट क्रमशः १०/१० जना संक्रमित देखिएका छन् । वडा ९ मा ५ जना, १० मा ३८ जना, ११ मा १९ जना, १२ मा १२ जना, १३ मा ३३ जना, १४ मा ५६ जना, १५ मा १३ जना, १६ मा ४६ जना, १७ मा १४ जना संक्रमित देखिएका छन् । वडा १८, १९, २० र २१ मा मा १/२ जना देखिएका छन् भने वडा २२ मा ४ जना देखिएका छन् । वडा २३ मा १० जना, २४ मा २५ जना, २६ मा १७ जना, २७ मा ३४ जना, २८ मा २७ जना, २९ मा ३० जना, ३० मा १४ जना, ३१ मा २८ र ३२ मा ५३ जना संक्रमितको संख्या देखिएको छ ।
संक्रमितको पहिचान, उनीहरुको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी र निगरानी गर्ने कामलाई व्यवस्थित बनाउन महानगरले कन्ट्र्याक ट्रेसिङ् कार्यलाई तीब्र बनाएको बताइएको छ । यसका लागि वडा क्लिनिकका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु खटिएका छन् ।
संक्रमित देखिएका ठाउँमा वडा कार्यालयहरुले प्रहरीसँग समन्वय गरेर आवतजावत बन्द गरेर निगरानी गरिरहेका छन् ।
( काठमाडौं महानगर समाचारको सहयोगमा)

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑