काठमाडौं / कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौं महानगर पालिका वडा नं १२ र २१ कार्यालयको संयुक्त बैठकबाट उक्त वडाभित्र रहेका सम्पूर्ण कल कारखाना , पसल , होटल ,सैलुन लगायत दुई हप्ताका लागि बन्द गर्न भनेको छ ।
काठमाडौंको प्राचीन सांस्कृतिक नगरको क्वने अर्थात दक्षिण भेगमा रहेको टेकु , भोटेबहाल , लगन टोल , ह्युमत , ब्रम्ह टोल, न्हुघ: लगायतका जनघनत्व बढी रहेको प्राचीन नेवार बस्ती यी वडाहरुका क्षेत्रभित्र पर्दछन् ।
आज सोमबार संयुक्त बैठकपछि एक सूचना जारी गर्दै १२ नं वडा कार्यालयले कोबिड -१९ रोगको महामारी फैलिरहेको अवस्थामा का.म.पा. वडा नं १२ र २१ मा संक्रमितहरु देखापरेको र सो को संख्या वृद्धि भइर्हेको सन्दर्भमा संक्रमण बढ्न नदिन वडा नं १२ र वडा नं २१ वडा समितिको संयुक्त बैठकबाट निर्णय भए अनुसार अत्यावश्यक दैनिक उपभोग्य खाद्यान्न बस्तु तथा सेवा बाहेक अन्य पसल आजको मिति साउन २६ गतेदेखि भाद्र ८ गतेसम्म बन्द गर्न आह्वान गरेको छ ।
साथै उसले खाद्यान्न पसल खोल्ने समय पनि बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म तोकेको छ । खाद्यान्न पसलमा र अन्य सेवा लिने क्षेत्रमा उसले सामाजिक दुरी कायम गरि व्यवहार गर्न पनि अनुरोध गरेको छ ।
यसका निम्ति आजै महानगर पालिकाको गाडीले माइकिङ गरेर हिंडेको थियो भने धेरै पसल बन्द गरिए पनि केही भने वास्तै नगरी पसल खोलेर बसेको देखिएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५