• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 14, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

बुंग करुणामय रातो मच्छिन्द्रनाथ रथमा विराजमान गराइयो जात्रा अझै अनिश्चित


सुभाय् संवाददाताJuly 25, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं / नेपालकै लामो जात्राको रूपमा मानिएको बुंग करुणामय रातो मच्छिन्द्र नाथको रथ जात्राको निम्ति शनिबार साउन १० गते मछिन्द्र नाथलाई रथमा बिराजमान गर्ने कार्य भएको छ ।
पाटनको त:बहाल स्थित रातो मच्छिन्द्र नाथ मन्दिर परिसरमा बिधिपूर्वक पूजा आजा गरि बाजा गाजा सहित खटमा बोकेर ल्याइ पुल्चोकमा बनाइएको रथमा बिराजमान गराउने कार्य भएको थियो ।
पटक पटक जिल्ला प्रशासन कार्यालयको आदेशका कारण रथारोहण कार्य रोकिएको थियो । भीड जम्मा भए  कोरोना संंक्रमण हुने  खतरा रहेको भन्दै उसले पटक पटक रथारोहण कार्यमा रोक लगाएको थियो भने शुक्रबार  सरोकारवाला र सिडियोको बार्तापछि शनिबार  रोकिने भनेको रथारोहण कार्यलाई सुचारु गरिएको थियो ।लिखित रुपमा स्विकृति  नदिए पनि मौखिक रुपमा रथारोहण र जात्राको निम्ति सिडियोले स्वीकृत दिएको एक सरोकार वालाले बताए । सामाजिक दुरी कायम गरेर जात्रा गर्न सकिने उनको दाबी थियो ।
रथारोहण भएपछि जात्राको बाटो निश्चित भएको मानिन्छ तर जात्रा कहिले हुन्छ त भन्ने अझै प्रश्न छ । नियम अनुसार रथारोहण गरेको चौथो दिन रथ तान्ने प्रचलन रहेको छ ।
परम्परा अनुसार जात्रा गत बैशाख महिनामै हुनुपर्ने थियो तर लक डाउनका कारण हुन सकेको थिएन ।
” परम्परा अनुसार जात्रा गर्नको निम्ति गत बैशाख १२ गते रथारोहण र १५ गते रथयात्रा हुनुपर्ने थियो तर कोरोनाभाइस संक्रमणको खतराका कारण लकडाउनले गर्दा त्यो बेला जात्रा हुन पाएन “पानेजु गुठीका एक सदस्यले बताए ।
“सहकालका देवताको रुपमा लिइने रातो मच्छिन्द्र नाथको जात्रा गर्नैपर्ने धार्मिक मान्यता रहेको छ” उनले भने ।
सरोकारवालाहरुले निकालेको विज्ञप्ति अनुसार रथ यात्रा भदौ १ गतेदेखि हुने भनिएको छ तर यसलाई अझै निश्चित दिन सकिएको अवस्था भने छैन ।

बुंगद्यो जात्रा न्ह्याकेगु सवालय बैशाखं हे निर्णय यायेमागु, रथारोहण यायेत प्रशासनय न्यनेमागु ख:सा द्यो न्हवं हे छाय…

Posted by In Depth Nepal Pvt. Ltd. on Thursday, July 23, 2020

(रथारोहणको लागि पाटनस्थित त:बहालबाट लगिंदै गर्दाको भिडियो )
यो समय कोरोना काठमाडौं उपत्यकामा पनि कोरोना समुदायसम्म फैलिसकेको विज्ञहरुले भनिसकेको अबस्था छ ।
जात्रामा सामाजिक दुरीको कुरा मूल प्रश्नको रुपमा आउन सक्छ । यसलाई सरोकारवाला सम्पदाप्रेमीहरुले ध्यान दिनुपर्ने देखिन्छ । स्मरणीय छ भारतको चर्चित जगन्नाथको रथयात्रा कर्फ्यु लगाएर गरिएको थियो । यो रथयात्रा मच्छिन्द्र नाथको रथ यात्रा सँग मेल खाने किसिमको रहेको छ । वज्रयान बुुुद्ध धर्म अनुसार लोकेश्वरको  रूपमा मानिएका यस देेेवतालाई        नेपालमण्डलको   सहकालका   देेेवताको  रूपमा मानिन्छ । उता हिन्दुजन यसलाई गोरख नाथका गुरु मच्छिन्द्र नाथका रूपमा  मान्ने गर्छन् ।
साउन १० गतेको साइतमा पनि बुंग करुणामाय मच्छिन्द्र नाथको रथारोहण रोक्नको लागि जिल्ला प्रशासनले भनेपछि जात्रासँग सरोकार राख्ने समूह महानगर पालिका र ललितपुरका विभिन्न जातीय समुदायबीच जात्रा गर्ने कि नगर्ने, जिल्ला प्रशासनको दवाबलाई मान्ने कि नमान्ने भन्ने छलफल कार्यक्रममा जात्राको संचालनमा महत्त्वपूर्ण भूमिका खेल्ने पुजाआजा गर्ने गुरुजु समुदायको प्रतिनिधित्व गर्दै कपिल गुरुजुले करुणामयको जात्रा अन्य जात्राजस्तो नभएको र अन्य जात्रासँग तुलना गर्न नमिल्ने बताए । उनका अनुसार यो जात्रा १६ सय बर्षदेखि निरन्तर चलिआएको जात्रा हो  र यो जात्रा मात्र नभइ सनातन धर्म हो। उनले जात्रा अनिवार्य भएको बताउंँदै जात्रा गर्दा आवश्यक अनुसार  थोरै मानिस मात्र सहभागी गरेर पन्जा मास्क स्यानिटाइजरको व्यवस्था गरि आवश्यक दुरी कायम गरेर रथयात्रा गर्न सकिने भन्दै यसको निम्ति आवश्यक व्यवस्था गर्न सम्बन्धित निकाय व्यक्तिलाई अनुरोध गरे । जात्राको निम्ति तान्त्रिक विधि अनुसार पूजाआजा भैसकेको र जात्रा गर्न आवश्यक बिधिहरु अगाडि बढिसकेको कारण जात्रा रोक्न नमिल्ने र यस्तो गरे नगरमा अनिष्ट आउन सक्ने दाबी गरे । उनको मत अनुसार आवश्यक मानिस मात्र खटाएर जात्रा गर्ने र जात्रा हेर्न मानिसको भीड नगरी घर घरबाट मात्र हेर्न मिल्ने व्यवस्था गर्न सके परम्परा पनि नतोडिने रोगको संक्रमणको भय पनि नहुने किसिमले रथ यात्रा गर्न सकिने देखिन्छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑