काठमाडौँहिजो बसेको पार्टिको बैठकमा प्रधानमन्त्री केपी ओलिले आफ्नो स्वास्थ्य स्थिती बारे आफैंले जानकारी गराए । मध्यावधि चुनाव र उम्मेदवार छान्ने प्रकृया बारे भएको उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् । ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुइटा विकल्प मात्रै छन्,’ सत्तारूढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अवस्था छ । फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ, हेरौं ।’
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा केही समस्या आएकाले परीक्षण गरिएको र केही रिपोर्ट आउन बाँकी रहेको जानकारी गराइएको बताए । उनले उपचारको समग्र प्रक्रियाबारे अहिल्यै टुंगो लागिनसकेको बताए । बारम्बार अप्ठ्यारो हुन थालेपछि प्रधानमन्त्री ओली बुधबार उपचारका लागि ग्रान्डी अस्पताल पुगेका थिए । उनलाई बुधबार र बिहीबार गरी दुईपटक डायलाइसिस गरिएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५