काठमाडौँ / काठमाडौँको एक निजी अस्पतालमा उपचाररत दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। ती दुवैजनाको राजधानीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।
मन्त्रालयको नियमित व्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले गुल्मीका ७६ वर्षिय पुरुष र कास्कीका ६० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको बताएका हुन्।
डा.देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणको क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
यसैगरी आजको कोरोना अपडेट अनुसार संक्रमितको संख्या २९१२ पुगेको छ भने ११ जनाको मृत्यु भएको तथा ३३३ जना संक्रमणमुक्त भएका छ्न् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५