काठमाडौं / चन्द्रागिरि नगरपालिकामा बसोबास रहेका चार व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीहरुले त्यस क्षेत्रलाई सुरक्षित गर्नको निम्ति नयाँ पहलकदम सुरु गरेको छ । यसैक्रममा नगरपालिकाले भोलि शनिबार १२ बजेदेखी जेठ ७ गते बिहान ६ बजेसम्म सिल गर्ने निर्णय गरेको छ ।
चन्द्रागिरि नगरपालिकाको नागढुंगा-थानकोटया राजमार्ग बाहेक बाकी सबै सडकमा गाडी चलाउन प्रतिबन्ध लगाएको छ । त्यस राजमार्गमा पनि एम्बुलेन्स लगायत अत्यावश्यक गाडी मात्र चलाउन दिइने तर ती गाडीहरु त्यस क्षेत्रमा कतै पनि रोक्न अनुमति नदिइने पनि नगर पालिकाले जानकारी गराएको छ ।
आज शुक्रबार बसेको नगरपालिकाका प्रतिनिधि तथा सुरक्षा अधिकारीतहरुको बैठकले चन्द्रागिरि नगरपालिकालाई सिल गर्ने निर्णय गरेको हो । सिलबन्दीको अवस्थामा औसधि पसल बाहेक अरु कुनै पनि किसिमको पसल खोल्न पाइने छैन । “कसैले पनि यस निर्णयलाई उलंघन गरे कारबाही गरिनेछ “नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले भने।
यसको लागि आवश्यक बृफिङ भैसकेको पनि बताइएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५