काठमाडौं /उपत्यकामा बाहिरबाट आएकामा कोरोना संक्रमण देखिएपछि बाहिरी जिल्लाबाट काठमाडौं आउन कडाइ गरिने भएको छ । जेठ १ गतेदेखि जिल्ला प्रशासनको अनुमतिले मात्र यातायात काठमाडौं उपत्यका प्रवेश गर्न पाइने छैन। यसका निम्ति गृह मन्त्रालयबाटै छुट्टै पास लिनुपर्नेछ। गृह मन्त्रालयको स्वीकृति बेगर कुनै पनि सवारीसाधन काठमाडौं उपत्यका छिर्न पाउने छैनन्।
काठमाडौं प्रवेश गर्न यता आउनुपर्ने प्रयोजन र कारण पनि स्पस्ट खुलाएर प्रवेश पास लिनुपर्ने हुन्छ ।
यस अघि लकडाउनको समय दिनहुँ हजारौं मानिस काठमाडौं छिरेपछि काठमाडौंबासीले सरकारको निकै आलोचना गरेका थिए ।
“हामी लकडाउन भनेर घरमा बस्ने बाहिरबाट अझ संक्रमित क्षेत्रबाट समेत धमाधम मानिसहरू यहाँ भित्रिने क्रम जारी राख्ने हो भने यसले लकडाउनको अर्थ नराख्ने र संक्रमण बढाउने छ” भन्दै उपत्यकाबासीले आवाज उठाएका थिए ।
यसैबीच मंगलबार काठमाडौं भित्रिएका तीनजनामा कोरोना पुष्टि भएपछि संक्रमणको त्रास बढेको थियो ।
यसैबीच गत तीन दिनबाट लगातार कोरोना संक्रमित बढ्दैगएपछि सरकारले जेठ १ गते बिहीबारदेखि देशभरको आवातजावतमा समेत थप कडाइ गर्न लागिएको छ ।
यतिबेला देशका धेरै संक्रमित ठाँउ सिल समेत गरिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५