काठमाडौं / ललिलपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत नर्समा कोरोना पोजिटिभ देखिएपछि उक्त प्रतिष्ठान सिल गरिएको छ । प्रतिष्ठानको कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि बुधबार बिहान प्रशासनले सिल गरेको हो ।
सुनसरी झुम्काकी ती २५ वर्षीय नर्स ३ दिन अघिमात्र पास लिएर काठमाडौं प्रवेश गरिकी थिईन । संक्रमित युवतीलाई टेकु अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
मंगलवार स्वास्थ्य मन्त्रालका अनुसार भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको मध्ये एक ती युवती हुन ।
आरोग्य प्रतिष्ठानसँग जोडिएको अर्को अस्पताल निदान पनि प्रहरीले सिल गरेको जनाइएको छ ।
सिल गरिएको भवनमा सुरक्षाकर्मीले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५