• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

तथागत बुद्ध


सुभाय् संवाददाता May 8, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट


सुधीर ख्वबि
थुक्क काठमाडौ
साला काठमाडौ
खत्तम छ काठमाडौ
काठमाडौको छातिमा टेकेर
केही खलपात्रहरू
आफैले थुकेका थुक चाटेर
विष वमन गरिरहेका छन्।
काठमाडौ यतिखेर
महादान गर्दैछ
भोका पेटहरुका लागि
तर अपसोच
भरिएपछी ती भोका पेटहरुले नै
सहिष्णुतालाई लात हानेर
मानवियता जिर्ण बनाएर
सदभावनाको खिल्ली उडाईरहेका छन् ।
काठमाडौ यतिखेर
आफ्नो छानोमा बर्साइन थालेको
अराजक ढुंगा खेपेर बसेको छ
र केही किस्नेहरु
पानी धमिलो पार्ने कुचेष्टामा लीन भएर
माछा मार्ने लोभमा
आफै नांगिएर टेलिभिजनको पर्दामा
आफ्नो दुर्नियतको नाटक देखाइरहेको छ ।
काठमाडौ
झरिमा ओत दिन्छ
भोकप्यासमा तृप्ति दिन्छ
आँगमा इज्जत दिन्छ
बदलामा गाली खान्छ
र,
गाली खाएर पनि
स्वागत गरिरहन्छ
तथाकथित कविहरुलाई
विद्यानष्ट विद्वानहरुलाई
अराजक भीडहरुलाई
अवसरवादी सोचहरुलाई ।
तर नबुझेको कुरो
यति गाली खाएर पनि
यतिका लाँछना खपेर पनि
काठमाडौ कसरी शान्त छ ?
काठमाडौं किन संयमित छ ?
ती विषालु सोचहरुलाई के थाहा
ती अराजक मनहरुलाई के थाहा
ती निकृष्ट स्वार्थभावहरुलाई के थाहा
काठमाडौ हुन त
हलाहल पियर शिव हुनुपर्छ
सभ्य हुनुपर्छ, शालीन हुनुपर्छ
मानवीय हुनुपर्छ,                                             तथागत हुनुपर्छ,
बुद्ध हुनुपर्छ ।

सम्बन्धित पोस्ट
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”

    सुभाय् पोस्ट बिशेष

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑