काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानी छोडेपछि खाली रहेको कप्तानको भूमिका खेल्ने मौका नेपालका भरपर्दा खेलाडी ज्ञानेन्द्र मल्लले पाएका हुन् । पारसको कप्तानिमा उनले उप कप्तानको भूमिका खेल्दै आएका थिए ।
पारसले इमेल मार्फत राजिनामा पत्र पठाएपछि उनको राजिनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तान पदको जिम्मेवारी अनि दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको कुरा क्रिकेट एसोसियशअन अफ नेपाल क्यानले जनाएको छ ।
संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ । ज्ञानेन्द्रको कप्तानीमा नेपालले अब मेरलबोन क्रिकेट क्लब (एमसीसी)को टोलीसँग खेल्नेछ ।
पारस खड्काले पारसले ट्वीट गर्दै मल्ललाई बधाई दिएका छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली क्रिकेट नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
ज्ञानेन्द्रले निकै अनुशासन र प्रतिवद्धताका साथ देशका लागि खेल्दै आएको भन्दै उनले भनेका छन्, ‘मलाई विश्वास छ, उनको नेतृत्वमा हामी नयाँ उचाईमा पुग्छौं ।’
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५