काठमाडौं /लकडाउनका कारण अप्ठ्यारोमा परेका वडाबासीहरुलाई आज शनिबार काठमाडौं महानगर पालिका वडा नं १८ को कार्यालयले राहत वितरण गर्यो ।
रक्तकालीमा त्यस क्षेत्रका वासिन्दाहरुलाई बिहान राहत दिइएको थियो भने दिउँसो ताम्सिपाखा टोलमा राहत वितरण गरिएको थियो ।
दुबै क्षेत्रमा गरेर आज ३२० परिवारलाई राहत दिइएको थियो । राहत बुझ्ने अधिकांश डेरावालहरु रहेका थिए ।
वडाले यसभन्दा अगाडि राहत दिनुपर्ने व्यक्तिहरुको तथ्यांक लिइएको थियो । जस अनुसार कूल ८७६ परिवारलाई राहत दिनुपर्ने तथ्यांक रहेको र छुट्पुट भएका केहीको नाम थप गरिएको पनि वडा अध्यक्ष न्हुछेकाजी महर्जनले बताए । राहत वितरणमा स्थानीय जनप्रतिनिधि , कर्मचारी र स्वयंसेवकहरु सहभागी भएका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५