काठमाडौं / काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले आज आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका प्रमुख मस्जिदहरुको अनुगमन गरेका छन् । उदयपुर जिल्लामा मस्जिदभित्र धर्मावलम्बीहारु समूहमा रहेका र उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको जनाउँदै खबर आउन थालेपछि मेयर शाक्यले आज मंगलबार काठमाडौंभित्र भएका मस्जिदहरुको अनुगमन गरेका हुन् । मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, संसद चाँद तारा, प्रहरी नायब महानिरीक्षक बिश्वराज पोखरेल, पूर्वराज्यमन्त्री जाकिर हुसेनसहित मेयर शाक्यले घण्टाघरस्थित नेपाली जामे मस्जिद र त्यहाँभित्र रहेको मदरसा इस्लामिया स्कूल, त्रिचन्द्र क्याम्पसको अगाडि रहेको पञ्च काश्मिरी तकिया, सुन्धारामा रहेको नेपाली मदिनी मुस्लिम र मुस्लिम मासाफिरखाना र स्वयम्भूस्थित मस्जिद निरीक्षण गरेका थिए । मस्जिदमा प्रार्थना कक्ष, बिद्यालय, जमाती रहने ठाउँ सबैतिर ताला लगाइएको थियो । मस्जिदको हेरचाह गर्ने र व्यवस्थापन मिलाउने मानिसमात्र भित्र भेटिएका थिए ।
अनुगमनपछि मेयर शाक्यले भने ” मुस्लिम समुदायका अगुवाहरु बर्तमान परिवेश व्यवस्थापनका लागि संवेदनशील भएको पाएँ । यसले काठमाडौं थप सुरक्षित भएको महसुस गरेको छु । उदयपुरको खवरले काठमाडौं पनि के हो ? के हो ? भन्ने प्रश्न थियो । अनुगमनपछि म ढुक्क भएँ ।”
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५