काठमाडौं / काठमाडौं महानगरले नगरबासीलाई राहत बितरण गर्ने भएको छ। चैत १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले आयोजना गरेको भाइरस संक्रमण व्यवस्थापन नियन्त्रण, राहत तथा सहयोगका लागि एकीकृत र समन्वयात्मक योजना बिषयक छलफलमा बोल्दै मेयर विद्यासुन्दर शाक्यले कोहि भोकै नरहुन् भनी महानगर पालिकाले राहत वितरण गर्न लागेको तथा काठमाडौंमा कोरोना नियन्त्रण तथा रोकथाम, राहत र सहयोगका कार्यक्रममा प्रत्येक वडालाई जिम्मेवारी दिईने अर्थात वडाको एक द्वार निति अपनाइ सहयोग कार्य अगाडि बढाउने बताए ।
“सहरमा भएका कोही पनि भोकै नपरुन् भनेर हामीले वडामार्फत बेरोजगारको तथ्याङ्क संकलन गरिरहेका छौं । हामी कसैलाई पनि भोकै हुन दिँदैनौं” , उनले भने “कोरोना संक्रमण, रोकथाम, राहत तथा सहयोग वितरणका कार्यक्रम सबै वडाध्यक्ष र वडा समितिको नेतृत्वमा एउटै ढोकाबाट मात्र गर्ने व्यवस्था मिलाएका छौं ।’छलफल कार्यक्रममा बोल्दै मेयर शाक्य शाक्यले भने ।
त्यसैगरी विश्वको महामारी कोरोना भाइरस कोविद-१९ फैलन नदिन क्वारेन्टाइनकालागि भौतिक पूर्वाधार तयार पार्न काठमाडौं महानगर पालिका तयार रहेको क्वारेन्टाइनको निम्ति आवश्यक जनशक्ति भने सरकारबाट दिनुपर्ने उनको धारणा रहेको थियो ।
आफूसँग पर्याप्त स्वास्थ्य जनशक्ति नभएकोले संघ सरकारसँग जनशक्ति उपलब्ध गराउन आग्रह गर्नुपरेको उनले बताए ।
फ़ोहोर व्यवस्थापनको सवालमा बोल्दै मेयर शाक्यले भने केही प्राबिधिक कारणले ल्याण्डफिल साइट जान नसकेको फोहोर आजबाट जान थालेको छ । ” जनजीवन सहज बनाउन खाद्यान्न पसल सञ्चालन गर्न आवश्यक छ । यसको दिगो व्यवस्थापनको निम्ति प्रयास भइरहेको पनि उनले बताए ।
छलफल कार्यक्रममा लकडाउनको समयमा मानिसहरू घर बाहिर आइरहेको बारे पनि छलफल भएको थियो । यसलाई अझ प्रभावकारी बनाइने बताइएको छ ।
नागरिकलाई आवश्यक पर्ने खाद्यान्नलगायतका सुबिधा सकेसम्म घरमै पुर्याउन प्रयास गर्ने छलफलको जोड थियो । बिहान बेलुका केही समयका लागि मात्र पसल खोल्दा भीड झन धेरै हुने भएपछि बिकल्पमा व्यवस्थापन गर्नुपर्ने प्रदेश सभा सदस्यहरुको सुझाव दिएका थिए ।
चैत १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले आयोजना गरेको भाइरस संक्रमण व्यवस्थापन नियन्त्रण, राहत तथा सहयोगका लागि एकीकृत र समन्वयात्मक योजना बिषयक छलफल कार्यक्रममा संघीय ,प्रदेश सांसदहरु तथा सुरक्षा निकायका पदाधिकारीहरु, वडा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
महानगरले कोरोना नियन्त्रणको लागि यसभन्दा अगाडि नैं कोष बनाइसकेको छ । मातहतका वडाहरुलाई सक्रिय बनाएको र तथ्याङ्क संकलन गर्ने काम शुरु भइसकेको बताइएको छ । यसले महानगरमा संक्रमण न्यूनीकरण गर्न राम्रो काम गर्ने अपेक्षा गर्न सकिन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५