• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 26, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

सन्दर्भ जनयुद्ध दिवस : जनपक्षीय गणतन्त्रको आवश्यकता


सुभाय् संवाददाताFebruary 18, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

 

रवीन्द्र श्रेष्ठ

०५२ साल फागुण १ गते शुरु भएको जनयुद्धको विषयमा यसको २५औँ दिवसको अवसरमा विभिन्न कोणबाट छलफल बहस भएको छ । जनयुद्ध नेपाली धर्तीको यथार्थ इतिहास बनिसकेको छ । यसबाट सिकेर अघि बढ्नु नै अहिलेको समयको माग हो ।
दशवर्षे जनयुद्ध र ०६२ को संयुक्त जनआन्दोलनको फलस्वरुप गणतान्त्रिक समाजवाद उन्मुख संविधान बनेको छ । सदियौंदेखिको राजतन्त्र अन्त्य भएको छ । संविधानमा जनताका आधारभूत अधिकारहरुका साथै सबै वर्ग र क्षेत्रलाई समेटिएको छ । यी अभूतपूर्व उपलब्धिहरु हुन् । यी सबै जनयुद्ध र संयुक्त जनआन्दोलनका ऐतिहासिक उपलब्धिहरु हुन् । तर, संविधानमा जस्तोसुकै लेखिए पनि सत्ता व्यवस्थाको वर्गीय चरित्रमा भने फरक आएको छैन । सत्ता व्यवस्थामा अहिले पनि जनयुद्ध र जनआन्दोलन अगाडिको सत्ता व्यवस्थामा जस्तै सामन्ती वर्गका अवशेषहरु, दलाल तथा नोकरशाही पूँजीपति वर्ग र विभिन्न साम्राज्यवादीहरुको नै बर्चस्व रहँदै आएको छ । सत्ता व्यवस्थाको रुप पक्ष र संविधान कानून तथा सरकारमा पुगेको पार्टीका घोषणापत्रहरुमा जनपक्षीय कुराहरु लेखिएता पनि व्यवहारमा त्यसको कार्यान्वयन भइरहेको छैन । अझ उल्टो कामहरु तीव्रगतिमा भइरहेको छ ।
जनविरोधी भ्रष्टहरुको हालीमुहाली भएको वर्तमान व्यवस्थाको विकल्प नयाँ जनपक्षीय गणतन्त्र हो । जनविरोधी कम्युनिष्ट पार्टीको विकल्प जनपक्षीय कम्युनिष्ट पार्टी हो । अहिलेको व्यवस्था पनि खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था बनेका महसुस जनताले गरिरहेका छन् । सत्ताधारी दल पनि खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पार्टीमा परिवर्तन भएको महसुस जनताले गर्न थालेका छन् । यसमा आमूल परिवर्तन गर्न नयाँ जनपक्षीय गणतन्त्र र नयाँ जनपक्षीय कम्युनिष्ट पार्टी अनिवार्य बनेको छ ।
यस्तो किन भयो त ?
०४६ सालको जनआन्दोलनले पुरानो व्यवस्थालाई समूल उखेलेर फाल्न सकेन । बीचमै सम्झौता भयो । पुरानो व्यवस्थाका रुप पक्षहरु फेरिए पनि सार पक्ष अर्थात् पुरानो सत्ताधारी वर्गहरुको नयाँ सत्तामा बर्चस्व कायमै रहन दिइयो । नयाँ सत्तारुढ पार्टी नेपाली कांग्रेसको मूल नेतृत्वको वर्गीय रुपान्तरण भई दलाल तथा नोकरशाही वर्गमा परिवर्तन भयो । त्यसभित्रका राष्ट्रिय पूँजीपति वर्ग र अन्य जनवर्गलाई पाखा लगाइयो । मदन भण्डारीको रहस्यमय हत्यापछि एमालेको मूल नेतृत्वले पनि क्रमशः जनताको बहुदलीय जनवादलाई तोडमरोड गर्दै जनविरोधी वर्गहरुमा मूल नेतृत्वको क्रमिक वर्ग परिवर्तन गर्न थाल्यो । आन्दोलनकारी दलहरुको उल्टो वर्ग रुपान्तरण र सत्ता व्यवस्थाको जनविरोधी सारतत्वका विरुद्ध ०५२ सालमा जनयुद्धको शुरुवात भयो । दश वर्षमा यसले तीव्र प्रगति हासिल गर्दै अघि बढ्यो । तर मूल नेतृत्वको आत्मसुरक्षावाद र दक्षिणपन्थी अवसरवादका कारण यसले पूर्ण विजय हासिल गर्न सकेन । नयाँ सत्ता व्यवस्थाको वर्गीय चरित्र पुरानै कायम रह्यो । रुप पक्षमात्र फेरियो । सबभन्दा गम्भीर विषय भनेको माओवादी पार्टीको मूल नेतृत्वकै वर्ग परिवर्तन हुन थाल्यो र दलाल तथा नोकरशाही पूँजीवादी वर्गमा यसको परिवर्तन हुनुले देशको राजनीति, अर्थनीति आदि सबैतिर गम्भीर प्रतिक्रान्ति शुरु भयो । मदन भण्डारीको रहस्यमय हत्यापछि एमाले नेतृत्व पंक्तिमा शुरु भएको जबजको जनपक्षीय सारहरुको क्रमिक परित्याग र वर्ग परिवर्तन गरी दलाल तथा नोकरशाही वर्गमा रुपान्तरण हुने क्रम यसै अवधिमा पूर्ण भयो । आज नेपालमा जे–जस्तो भइरहेको छ, यी नै घटनाक्रमका परिणामहरु हुन् ।
एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको एकलौटी बहुमत भएको सरकार बनेको दुई वर्ष पूरा भइसकेको छ । यस बीचमा सरकारले जनताको अपेक्षा र आफ्ना बाचाहरु पूरा गर्न पूर्णरुपमा असफल रहेको छ । इमान्दार कार्यकर्ताहरु र अत्यधिक बहुसंख्यक जनतामा निराशा र आक्रोश बढ्न थालेको छ । तर पार्टी र सरकारका ठूलावडाहरु आ–आफ्नो बाँसुरी बजाउन व्यस्त छन् ।
इतिहासको यस संकटमय घडीमा परिस्थितिले सबैका सामु केही यक्ष प्रश्नहरु गरिरहेको छ । के अब जनआन्दोलनहरु नेपालमा हुँदैनन् ? के जनताले अहिले वर्ग परिवर्तन गरेर जनविरोधी वर्गमा रुपान्तरण भएका कुनै जमानाका क्रान्तिकारी नेताहरुलाई त्यत्तिकै माफी दिएर सत्तामा राखिरहने हुन्छ ? के जनताले उनीहरुका चरम भ्रष्टाचार, आफन्तवाद, दलाल पूँजीवाद, नोकरशाही पूँजीवाद, राष्ट्रघात, लम्पसारवाद, धम्की आदि सधैँ सहेर बस्ने हुन्छ ? यसको सही उत्तर हो– नेपाली जनता फेरि पनि जनआन्दोलनमा उत्रनेछन् । यस बीचमा देखिएका निराशा र अकर्मन्यता चिरेर नयाँ जनआन्दोलनमा उत्रनेछन् । विश्वको पहिलो सफल कम्युनिष्ट क्रान्ति भएको देश रुसमा पनि जनविरोधी नामधारी कम्युनिष्ट सरकारका विरुद्ध नै वोल्सेविक क्रान्ति भएको इतिहास साक्षी छ । जनअपेक्षाअनुसार काम नगर्ने र उल्टै जनविरोधी काम गर्ने पूर्वी युरोपका नामधारी कम्युनिष्ट सरकारहरुलाई जनआन्दोलनहरुले ढालेको र कयौं कम्युनिष्ट नामधारी नेताहरुलाई जनताले मृत्युदण्ड दिएको घटना पनि इतिहासमा ताजै छ, भलै ती जनआन्दोलनहरुको नेतृत्व जनपक्षीय कम्युनिष्टहरुले गर्न नसक्नाले ती आन्दोलनहरु दक्षिणपन्थीहरुको हातमा गयो ।
अहिले नेपालमा नेपाली कांग्रेस, पूर्वएमाले, पूर्वमाओवादी सबै पार्टीका इमान्दार कार्यकर्ता र समर्थकहरुले गम्भीर भएर सोच्ने बेला आएको छ । आफ्ना नेताहरुको जनविरोधी वर्गमा रुपान्तरणका विरुद्ध वैचारिक र संगठनात्मक विद्रोह गर्न तयारी गर्नुपर्ने बेला आएको छ । जनयुद्ध शुरु भएको बेला जन्मेका बालबालिकाहरु अहिले २४ वर्ष पूरा भइसकेका जवान भएका छन् । नेपालका विशाल युवापंक्तिले विगत इतिहासबाट शिक्षा लिएर नयाँ जनपक्षीय गणतान्त्रिक सत्ता व्यवस्थाको लागि वैचारिक, संगठनात्मक र भौतिक तयारी गर्न थाल्नुपर्ने बेला आइसकेको छ । सबै नेता उस्तै, सबै पार्टी उस्तै, जति जोगी आए कानै चिरेका आदि भन्दै निराशामा डुब्ने छुट अब कसैलाई पनि छैन । के जति धोए पनि लुगा फेरि मैलो हुन्छ भन्दै लुगा धुनै छोड्नु सही काम हो ? के धुलो आइहाल्छ भनेर घर–आँगन बढार्न छोड्नु सही हो ? राजनीति र अर्थनीतिमा पनि जनपक्षीय दल र नेताहरु नै वर्ग परिवर्तन भएर जनविरोधी बन्न पुगे भन्दैमा पुनः अर्को जनआन्दोलन गरी नयाँ जनपक्षीय व्यवस्थाको स्थापना गर्ने प्रयास नै परित्याग गर्नु सही होइन । जसरी हामी सके दिनदिनै धुलो बढार्छौ, त्यसरी नै राजनीतिमा पनि निरन्तर आन्दोलन गरिरहनु पर्दछ । नयाँ पुराना जनविरोधीहरुका विरुद्ध वर्ष दिनमा स–साना आन्दोलनहरु, चार–पाँच वर्षमा मध्यमखाले आन्दोलनहरु र दश÷पन्ध्र वर्षमा ठूला जनआन्दोलनहरु गरिरहनु पर्दछ, अनि मात्र राजनीति र अर्थनीतिलाई सही जनपक्षीय दिशा दिन सकिने हुन्छ र देश तथा जनताको प्रगति तीव्र बन्छ ।
अहिले सबै दलहरुभित्रका इमान्दार कार्यकर्ता र समर्थकहरु तथा दलमा आवद्ध नभएका युवापंक्तिले निरन्तर खबरदारी गर्नुपर्छ । वर्तमान गणतान्त्रिक व्यवस्था रुपमा जनपक्षीय देखिए पनि यसको सार पक्ष जनविरोधी रहेकाले यसको विकल्प खोज्न पनि जनता तयार हुनुपर्छ । यसै व्यवस्थाभित्र सञ्चालकहरुमात्र फेरेर समस्या समाधान हुने छैन । मुठ्ठीभर दलाल तथा नोकरशाही पूँजीपति वर्ग तथा भ्रष्टहरुको हालीमुहाली भएको वर्तमान गणतन्त्रको विकल्प नयाँ जनपक्षीय गणतन्त्र हो । जनविरोधी भ्रष्टहरुको हालीमुहाली भएको वर्तमान व्यवस्थाको विकल्प नयाँ जनपक्षीय गणतन्त्र हो । जनविरोधी कम्युनिष्ट पार्टीको विकल्प जनपक्षीय कम्युनिष्ट पार्टी हो । अहिलेको व्यवस्था पनि खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था बनेका महसुस जनताले गरिरहेका छन् । सत्ताधारी दल पनि खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पार्टीमा परिवर्तन भएको महसुस जनताले गर्न थालेका छन् । यसमा आमूल परिवर्तन गर्न नयाँ जनपक्षीय गणतन्त्र र नयाँ जनपक्षीय कम्युनिष्ट पार्टी अनिवार्य बनेको छ ।
वर्तमान राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक आदि सबै व्यवस्थामा के–कस्तो परिवर्तनहरु आवश्यक छन् भनेर वृहत छलफल गर्न आवश्यक भइसकेको छ । त्यससँगै नयाँ जनपक्षीय गणतान्त्रिक व्यवस्थामा के कस्तो प्रणालीहरु लागू गर्ने भनेर बुँदागत रुपमा छलफल बहस आवश्यक भइसकेको छ । अहिलेको व्यवस्था अपरिवर्तनीय छ र यो नै सबभन्दा प्रजातान्त्रिक र जनपक्षीय व्यवस्था हो भन्ने भनाइ वर्ग परिवर्तन गरेका नेताहरुले फलाक्दै आइरहेका छन् । तर जनताको दैनिक अनुभवले वर्तमान व्यवस्था मुठ्ठीभर भ्रष्ट दलाल तथा नोकरशाही पूँजीपति वर्गको व्यवस्था हो भन्ने स्पष्ट भइरहेको छ । तसर्थ जनतालाई वर्तमान व्यवस्थाको विकल्पको रुपमा नयाँ जनपक्षीय गणतान्त्रिक व्यवस्थाको समग्र पक्षबारे सूसुचित गर्ने बेला आइसकेको छ । साथै यस नयाँ वैकल्पिक व्यवस्था स्थापना गर्नका लागि संयुक्त जनआन्दोलनको सही बाटोबारे पनि बहस छलफल चलाउनुपर्ने समय आइसकेको छ । नेपालको विगत आन्दोलनहरुको निरन्तरताको इतिहासले नेपाली जनता पुनः अर्को जनआन्दोलनको मैदानमा अवश्य पनि उत्रनेछन् भन्ने स्पष्ट संकेत गर्दछ ।

साभार : दृष्टि

सम्बन्धित पोस्ट
  • शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑