• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अर्थ

बालुवाटार जग्गा प्रकरण : चार पूर्वमन्त्री दुई पूर्व सचिव लगायत १७५ जना विरुद्ध अख्तियारको मुद्दा दर्ता


सुभाय् संवाददाताFebruary 5, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं माघ २२ गते । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने संलग्नमाथि चार पूर्वमन्त्री दुई पूर्व सचिव लगायत १७५ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीहरू विजय कुमार गच्छदार, चन्द्रदेब जोशी, डम्बरबहादुर श्रेष्ठ तथा छविराज पन्त विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
त्यसै गरी पूर्व सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्व आयुक्त दीपबहादुर बस्नेत, दिनेशहरि अधिकारी विरुद्ध पनि मुद्दा दायर गरेको छ । त्यस्तै सो त्यस्तै सो प्रकरणका मुख्य पात्र भनिएका शोभाकान्त ढकाल तथा मीनबाहदुर गुरुङ विरुद्ध पनि मुद्दा दायर गरेको छ ।
अख्तियारले पूवमन्त्री गच्छदार विरुद्ध नौ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशी विरुद्ध सात करोड आठ लाख ४८ हजार, डम्बरबहादुर श्रेष्ठ विरुद्ध नौ करोड ६५ लाख ७६ हजार विगो कायम गरेकाे छ ।
त्यस्तै पूर्व सचिव दिनेशहरि अधिकारी विरुद्ध सात करोड आठ लाख ४८ हजार दीप बस्नेतको नौ करोड ६५ लाख ७६ हजार छविराज पन्त नौ करोड ६५ लाख ७६ हजार विगो कायम गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी गराउनुभयो ।त्यस्तै यस काण्डका मुख्य पात्र शोभाकान्त ढकल विरुद्ध ३९ करोड २७ लाख ६८ हजार र भाटभटेनी सुपर मार्केट मालिक मीनबहादुर गुरुङ ११ करोड २० लाखसो मुद्दामा ११० जना विरुद्ध विगो तथा सजायँको माग दावि गरेको र एनआरएनकाे जग्गा सहित ६५ जनाको भने सम्पति जफत गर्न माग बुधबार दायर आरोप पत्रमा छ ।
मृत्यु भएका सात जनाको सजायँ माफी
अख्तियार दुरुपयोग आयोग अनुसन्धानले ललिता निवास प्रकरणमा अख्तियारबाट विशेष अदालतमा दायार अभियाेगपत्रमा सातजना प्रतिवादीहरुको मृत्यु भइसकेकाले सजायँ दावी गरिएकाे छैन ।
मृत्यु भइसकेकाले उनीहरुले गरेका भ्रष्टाचारजन्य क्रियाकलापमा दोषी ठहर गरिए पनि माफी पाएका छन् ।
उनीहरुबाट भएका भ्रष्टाचारका रकम कसूर हुँदाको सरकारी मूल्यांकनको रकम क्षतिपूर्तिसहित विगो पनि माफी सहित मिनाहा हुने भएको छ । तर भ्रष्टाचार गरी जोडेको अचल सम्पत्ति वा पाएको सम्पत्ति भने जफत गर्ने दावी अख्तियारले गरेको छ ।यसरी मृत्यु भएकाहरुमा भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देश मुकुन्दप्रसाद आचार्य, सातलाख ५१ हजार, मालपोत कार्यालय डिल्लीबजारका नायब सुब्बा जगतप्रसाद पुडासैनी, दुई करोड २६ लाख, ८५ हजार पाँचसय, सोही कार्यालयका मालपोत अधिकृत परशुराम पोखेल, ३२ करोड १९ लाख २० हजार रुपियाँको भष्टाचार भएको देखिएको छ ।
त्यसैगरी, गैरकानूनी रुपमा जग्गा दर्ता गराएर जग्गाधनी र मोही भएका व्यक्तिहरुको पनि मृत्यु भएकाले उनीहरुलाई पनि सजाँय नहुने उल्लेख गरिएको छ ।
त्यसरी सजाँय नपाउनेमा मृतकहरु हेमन शम्सेर जबरा १३ करोड ५ पाँच लाख २२ हजार ५०, सुनिती राणा ८ करोड ६९ लाख ८२ हजार, शैलजा राणा ९ करोड ६३ लाख ४हजार ५० रुपियाँको विगोसहित क्षतिपूर्ति रहेका छ । साभार

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑