काठमाडौं /रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासमा समाचार वाचनका जादुगर मानिएका वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ।
उहाँ गंगालाल हृदय केन्द्रमा उपचाररत हुनुहुन्थ्यो ।इन्फेक्सनको समस्या भएपछि उनलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गर्ने क्रममा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपाल टेलिभिजनका महाप्रबन्धक समेत हुनुभएका उहाँ बढी समाचार वाचकको रुपमा लोकप्रिय रहेका थिए । नेपाल टेलिभिजनमा विश्व घटना न कार्यक्रम उनकोसबैभन्दा लोकप्रिय कार्यक्रम रहेको थियो ।शर्माको जन्म इलाम जिल्लाको फिक्कलमा भएको थियो।उनले नेपाल टेलिभिजन स्थापनाका निम्ति पनि धेरै कार्य गरेका थिए ।
उहाँको अन्तिम संस्कार पशुपति आर्यघाटमा आजै गरिने बताइएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: subhaypost@gmail.com
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५