• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 11, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

“महाराज” बेपत्ता भएपछि !


सुभाय् संवाददाता January 31, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

चितवन/ जगतपुरको पशुपति मन्दिरका लागि नारायणगढमा हुँदै गरेको महायज्ञका प्रमुख वाचक ‘बालयोगेश्वर’ भनिने विजय भण्डारी व्यवस्थापनका काममा बढी खटिने गर्थे । महायज्ञका लागि सबैभन्दा खर्चिलो काम टेन्ट व्यवस्थापन र भव्य नौतले हवन कुण्ड बनाउन उनैले सम्झौता गरेका थिए ।

जगतपुर नयाँ बस्तीमा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले कात्तिक २८ मा भरतपुर महानगरपालिकासँग नारायणगढस्थित नारायणी नदी किनारको चौर पुस २० देखि उपलब्ध गराउन अनुरोध गरेका थिए । महानगरले ठाउँ दिएपछि कामका लागि विभिन्न निकायसँग सम्झौता गर्न विजय भण्डारी अग्रसर भए । पुस ९ मा मण्डप निर्माण तथा टेन्टको सम्झौता भएको छ । ३५ लाख रुपैयाँमा टेन्ट र हवन कुण्डको नौ तले मण्डप निर्माणको सम्झौता हुँदा पहिलो पक्षका मूल आयोजक समारोह समितिका तर्फबाट संकल्पकर्ता एवं प्रमुख वाचक उल्लेख गर्दै ‘बालयोगेश्वर महाराजश्री’ ले हस्ताक्षर गरेका छन् । नारायणगढको संगम टेन्ट हाउसले यो कामको जिम्मा लिएको थियो । ‘महाराज’ को टिम तीन महिनादेखि चितवनमा सक्रिय थियो । यज्ञ आयोजक मूल समितिको संयोजक लालबहादुर दवाडी हुन् । मण्डपसमेत बनेर सकिएका बेला पुस २२ मा आफू समितिको संयोजक भएको दवाडीले बताएका छन् ।महायज्ञबाट २५ करोड रुपैयाँ उठाएर पशुपति मन्दिर क्षेत्रलाई पर्यटकीय धाम बनाउने भनिएको छ । मन्दिर परिसरमा लालपुर्जा नबनेको तर फिल्डबुकमा कायम भएको अढाई बिघा र अन्य ऐलानी डेढ बिघा गरेर चार बिघाजति जमिन छ । मन्दिर क्षेत्रमा ‘महाराज’ का लागि आश्रमसमेत बनाउन समिति तयार भएको थियो । विभिन्न ठगी काण्डमा मुछिएको समाचार सार्वजनिक भएपछि अघिल्लो शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने भनिएको ‘महायज्ञ’ विवादमा परेको छ । उपराष्ट्रपति पुन उद्घाटन नगरी फर्किए । सुरुका दुई दिन यज्ञस्थलमा देखिएका भण्डारी त्यसपछि सम्पर्कविहीन छन् ।

आयोजक समितिले नयाँ वाचक ल्याएर प्रवचन सुरु गरेको छ । ‘महाराज’ ले सम्झौता गरेका आधारमा उधारोमा सामान दिएकाहरू भने अहिले आफूहरू डुबेको गुनासो गर्न थालेका छन् । महाराजले टेन्टको प्रबन्धदेखि खाने–बस्ने सबै व्यवस्था उधारोमा गरेका थिए । एक जना व्यवसायीका अनुसार ‘महाराज’ का लागि नारायणगढ बजार क्षेत्रबाट मात्रै सवा करोड रुपैयाँभन्दा बढीको उधारो गएको छ । व्यवसायीका अनुसार ‘महाराज’ ले पूर्वप्रधानमन्त्रीहरू, उपराष्ट्रपतिलगायतसँग आफ्नो सम्पर्क भएको बताउँथे । ‘धर्मका विषयमा धेरै शंका गर्न भएन, ठूलै महायज्ञ लगाउने भएपछि गडबड होला भनेर पहिल्यै के ख्याल राख्नु ? पैसा ढिला आए पनि धार्मिक क्षेत्रमा गरेको काममा हामी डुब्दैनौं भनेर उधारो दिएको हो,’ संगम टेन्ट हाउसका सञ्चालक कुरेस अहमदले भने, ‘यज्ञ लगाएपछि आर्जन होला भन्ने विश्वासले काम गरेका हौं । खर्च कसरी उठाउने हो तनाव भएको छ ।’ महाराजले यज्ञ सुरु हुनभन्दा अघि नै दिएको चेकसमेत बैंकबाट नसाटिएको व्यवसायीहरू बताउँछन् ।

आयोजकले बुधबारदेखि प्रमुख वाचकका रूपमा ईश्वर रेग्मीलाई ल्याएका छन् । बिहीबार दिउँसो यज्ञस्थल पुग्दा मध्याह्न विश्राम चलेको थियो । नौ तले हवन कुण्डको पूर्वी दिशामा बुद्ध सालिक आडमा नौ जना ब्राह्मणहरू गुनासो गर्दै बसेका थिए । भारत वृन्दावनमा संस्कृत पढ्दै गरेका विद्यार्थीलाई महिनाको ३० हजार रुपैयाँ तलब र पाँच हजार रुपैयाँ भाडा दिने भनेर झिकाइएको थियो । त्यहाँबाट ५० जनाजति ब्राह्मणहरू आएका थिए । १०८ हवन कुण्डमा हवन गर्नका लागि १२७ जनाजति ब्राह्मण तयार थिए । तर गुरु विवादमा परेर भक्तहरू आउन छाडेपछि आधाजसो ब्राह्मण फर्किसकेका छन् ।

कुण्डमा होम्ने चरु र समिदासमेत पाउन गाह्रो भएको ब्राह्मणहरूले दुखेसो गरे । हवनका लागि निम्त्याइएका कलिला ब्राह्मणले ती मुढा चिरेर समिदा बनाउने गरेका छन् । २ बजेबाट प्रमुख वाचक ईश्वर रेग्मीले कथा भन्ने भनिए पनि ३ बजेसम्म उनी आएका थिएनन् । यज्ञ स्थलमै भेटिएका पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुडासैनीले नयाँ व्यवस्थापनका साथ यज्ञ अगाडि बढ्ने र कसैको बिचल्ली नहुने दाबी गरे ।

साभार: कान्तिपुर अनलाइन

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑