काठमाडौं /काठमाडौं महानगर पालिकाले काष्ठमण्डप पुनः निर्माण समितिलाई ५ करोड रुपियाँको चेक हस्तान्तरण गर्यो ।
काठमाडौंको न्युरोडस्थित विशाल बजारमा रहेको सासा बैंक्वेटमा माघ ९ गते महानगर पालिकाले कार्यक्रम आयोजना गरि समितिलाई दोस्रोपटक ५ करोडको चेक हस्तान्तरण गरेको हो ।
काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त चेक पुनः निर्माण समितिका संयोजक प्रदेश सभा सदस्य राजेश शाक्यलाई हस्तान्तरण गरेका थिए ।
मन्तव्य राख्ने क्रममा संघीय सांसद कृष्णगोपाल श्रेष्ठले समितिको कार्यप्रगतिको प्रशंसा गर्दै यहि कार्यकालमा काष्ठमण्डप पुनः निर्माण पूरा हुने विश्वास व्यक्त गरे ।
मेयर विद्यासुन्दर शाक्यले महानगर भित्रका कुनै पनि मूर्त अमूर्त सम्पदाहरुको जिर्णोद्दार कार्यको जिम्मेवारी महानगर पालिकाले लिने भन्दै काठमाडौंका जिर्ण अवस्था रहेका मन्दिर ,बहा:बहि र थेरबादी विहारहरुको पुन: निर्माणमा समेत महानगरले आर्थिक सहयोग गरेको बताए । कुनै पनि मूर्त अमूर्त सम्पदा आर्थिक रुपले संरक्षण संवर्द्धन गर्न कठिनाइ भए महानगरमा खबर गरे त्यसलाई मास्न नदिन नगर पालिकाले मद्दत गर्ने पनि उनले बताए ।
उपमेयर हरिप्रभा खड्गीले काष्ठमण्डप आफ्नो कार्यकालमा पूर्ण भएको हेर्न चाहेको बताए ।
चेक हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य, हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख,स्थानीय वडा अध्यक्षहरुको उपस्तिथि रहेको थियो ।
स्मरणीय छ काष्ठमण्डप पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य राजेश शाक्यको संयोजकत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि २०७५ जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ र त्यसै बर्षको असोज २७ गते थप ५ करोड रुपैयाँ उपलब्ध गराइएको थियो । यसरी उपलब्ध गराइएको रकमबाट हालसम्म पुननिर्माणको करीब ५५ प्रतिशत काम समाप्त भएको जनाउँदै समितिबाट थप रकम माग भएपछि महानगरले बाँकी काम अघि बढाउन ५ करोड थप रकम उपलब्ध गराएको हो । यसभन्दा अगाडि सरकारले भूकम्पबाट भत्किएको काष्ठमण्डप पुन:निर्माण कार्यमा ध्यान नदिएपछि जनस्तरबाट पुरातत्त्वविद,संस्कृतिविद, इतिहासविद, राजनीतिकर्मी र स्थानीय सर्बसाधारण सम्मीलित समितिले पुन:निर्माणको लागि पहल समेत भएको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै मेयर शाक्य – भिडियो
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५