• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्ड


सुभाय् संवाददाताJanuary 21, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं /नेपाल भाषामा सबैभन्दा बढी बिधामा दिइने अवार्डको रूपमा चर्चामा आएको नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्डको ग्रायण्ड फिनालेलाई लिएर एक पत्रकार सम्मेलन आयोजना गरियो ।
गत सोमबार ललितपुरको बागडोलस्थित बेखाज पार्टी भेन्युमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था संसार कृयसन्सले अवार्डको फिनाले भव्य रूपमा सफल गर्नको निम्ति आयोजना गरिने कार्यक्रमहरुको जानकारी दियो ।
नेवा: चलचित्र नायक स्वतन्त्र संसार महर्जनको संसार क्रियसन्सको आयोजनामा माघ १० गते शुक्रवार नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डस् ११४० या ग्राण्ड फिनाले काठमाडौंको प्रज्ञाभवनमा शहरी विकास राज्यमन्त्री माननीय रामबीर मानन्धरको प्रमुख आतिथ्यमा हुने भएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा भएको उक्त पत्रकार सम्मेलनमा बरिष्ठ सिने पत्रकार निर्देशक विजयरत्न तुलाधर असंबरे, नेवाः पत्रकार राष्ट्रिय दबूया केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य, नेवाः एचडी टेलिभिजनया प्रमुख नवीन जोशी, प्रथम मातृभाषा चलचित्र नायक जय महर्जन , नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष वरिष्ठ कलाकार सानुकुमार ताम्राकार, अवार्डका सल्लाहकारहरु केशवराम सिंह तथा स्वयम्भूराज डंगोल लगायतले अवार्डको ग्राण्ड फिनालेको सफलताको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए ।
, “नेपालभाषा चलचित्र इतिहासमा सबैभन्दा विधामा अवार्ड वितरण गरिने यो एकमात्र नेपालभाषा म्यूजिक भिडियो अवार्ड हो – नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड । यो अवार्ड विशुद्ध नेपालभाषा कलाक्षेत्रमा समर्पित श्रष्टाहरुको सम्मानार्थ प्रदान गरिने भएको हुँदा यसको विशेष महत्व रहेको छ ।”
मनोनयनमा परेका स्रष्टा सर्जक कलाकारहरु सबै अवार्डका दावेदार हुन् । अवार्ड जित्न नसकेपनि संकोच नमानि आउँदा दिन प्रभावकारी रुपले अग!बढ्ने जोश, जाँगर सहित यो अवार्ड कार्यक्रममा सुथां पूर्ण सहभागिता हुनेछ भन्न्र विश्वास लिएका छौं भनी धैगु पूर्ण विश्बाँस गरेका छौं भन्ने कुरा उल्लेख गरी एक प्रेस विज्ञप्ति पनि जारी गरिएको छ ।
अवार्ड आयोजक संस्थाका संयोजक स्वतन्त्र संसार महर्जनले अवार्डका सर्वोकृष्ट श्रष्टा चयनका निम्ति निम्ति सात सदस्यको निर्णायक मण्डल रहेको जानकारी दिंदै उक्त निर्णायक मण्डलले निष्पक्ष भएर निर्णय गरिने जनाए । सबै भोटर्सहरुको अनलाइन भोटिङ्ग तथा एसएमएस भोटिङ्गको आधारबाट उत्कृष्ट श्रष्टा चयन गरिने सर्वोत्कृष्ट अवार्ड , प्रोत्साहन अवार्ड , पब्लिक च्वाइस अवार्ड , पपुलर अवार्डका साथै जुरि अवार्ड पनि थप गरी सम्मानित गरिने बताए ।
त्यसैगरी पुराना श्रष्टा सर्जकहरुको सम्मानका साथै नयाँ प्रतिभालाई प्रोत्साहन गरिने बताउँदै यसपटक संसार लाइफटाइम एचिभमेन्ट अवार्ड बरिष्ठ संगीतकार अमरराज शर्मा राजोपाध्ययलाई नगदसहित सम्मान गरिने बताए ।अर्को सम्मानको बिधा संसार सप्तरंगी सम्मान हो । यसबाट बरिष्ठ कलाकार निर्देशक पवन जोशी, बरिष्ठ संगीतकार मनराजा नकःमि, वरिष्ठ सिने पत्रकार ,निर्देशक विजयरत्न असंबरे, प्रथम मातृभाषा चलचित्र नायक जय महर्जन ,नायिका हिसिला महर्जन, पुराना लोकप्रिय गायक जुजुकाजी रंजित तथा मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठलाई सम्मान गरिने बताए । मल्टिपर्पोज सम्मान नेवाः संचारकर्मि ललेन्द्र शाक्यलाई दिइने पनि संयोजक महर्जनले बताए।
अवार्डको लोगोसहितको फेसबुक प्रोफाइल पिक्सचर टेम्प्लेट फ्रेम राखेर सबैभन्दा बढी भ्यूअर्सं बनाउन सफल कलाकारहरु राजु महर्जन व सरिता बज्राचार्यको नाम पनि सार्वजनिक गरिएको छ । यस विधामा पनि पुरस्कारको व्यवस्था गरि प्रतिस्पर्धा आह्वान गरिएको थियो।

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑