काठमाडौं /नेपाल कम्युनिस्ट पार्टीको सचिवालयले प्रदेश नं ३ को नाम बागमती प्रदेश र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णयलाई राजनीतिकवृत्तमा राजबादी नेता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको लाइन सफल भएको मानिएको छ । विश्लेषकहरुका अनुसार प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा हुनुपर्छ भन्ने सबैभन्दा कडा आवाज उठाइरहेका नेताको रुपमा कमल थापा हुन् । राजतन्त्र हुँदा निर्णय गर्न नसकेको कार्य गणतन्त्रको समयमा सफल भएको छ । यसलाई विडम्बनापूर्ण रुपमा लिनुपर्ने विश्लेषकहरुले भनेका छ्न् ।
समग्रमा यो निर्णयमा कमल थापा सफल देखिएको छ ।उनी मकवानपुरको प्रतिनिधित्व गर्ने नेता पनि हुन् ।मकवानपुर जिल्लाकै महत्त्वपूर्ण औद्योगिक र व्यापारिक नगर हेटौंडा हो।नामको सवालमा उनी पहिचानको विपक्षमा रहेका नेता पनि हुन् ।
नेकपाको यो निर्णयले हेटौंडावासीलाई भने खुशी तुल्याएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५