• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 29, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

धरानमा य:मरि महोत्सव हुँदै, सम्पूर्ण तयारी पूरा


सुभाय् संवाददाताDecember 24, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

धरान / धरानमा  पुष ९ गते देखि आयोजना हुने य:मरि महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । नेवा: देय् दबू धरानको आयोजनामा पुस ९ गतेदेखि १२ गतेसम्म ४ दिन यो महोत्सव हर्षोल्लास्पूर्ण रूपमा यहाँको छाताचोकमा आयोजना गरिदैछ ।
आयोजक संस्थाका  अध्यक्ष मनोहर शाक्यले नेवार समुदायको मूल थलो काठमाडौं उपत्यका बाहिर हुन लागेको यस य:मरि महोत्सव स्मरणीय बनाउन आफूहरू अहोरात्र तयारीमा जुटेको र सबै साथीभाइ तथा शुभचिन्तकहरुको मद्दतले यहाँसम्म आइपुग्न मद्दत भएको बताए ।
उनले जानकारी दिए अनुसार उद्घाटन कार्यक्रम प्रदेश नं. १ का सभासद चन्द्र प्रसाद श्रेष्ठको उपस्थितिमा हुनेछ भने समापन कार्यक्रम धरान उप-महानगर पालिकाका मेयर  तिलक राईको प्रमुख आतिथ्यमा हुनेछ ।
नेवार समुदायको मौलिक चाडपर्व, वाद्ययवादन लगायत विभिन्न मौलिक नृत्यहरुलाई संरक्षण गर्दै नेवा: देय् दबु, उपमहानगर समिति , धरानले नेवार समुदायमा सांस्कृतिक जागरणका कार्यहरु गरिरहेको छ । साथै नेवार समुदायलाई सामाजिकिकरण तथा भावनात्मक एकताको लागि बिगतका वर्षहरुमा पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । यतिबेला नेवार समुदायले आफ्नो भाषा, संस्कार-संस्कृति, धर्म बिर्सिदै गएको हो कि भन्ने महसुस गरिएको छ । यस सांस्कृतिक तथा पर्यटन उत्सवले धरानमा बसोबास गर्ने नेवार समुदायको मौलिक संस्कारलाई जोगाई गैर नेवार तथा आदिवासी जनजातिहरुसँग समन्वय गर्दै आफ्नो सांस्कृतिक सद्भावलाई अगाडि बढाउन मद्दत गर्नेछ । संस्कार संस्कृति मात्रै होइन यस उत्सवले धरानलाई सांस्कृतिक र पर्यटकीय नगरका रुपमा बिकास गराउन समेेेत मद्दत गर्नेछ भन्ने समेत आशा गरिएको छ ।
कार्यक्रम तालिका अनुसार  ९ गते बुधबार य:मरी महोत्सवको उद्घाटन कार्यक्रम तथा नेवा: सांस्कृतिक कार्यक्रम हुनेछ ।
दोस्रो दिन बहुजातीय सांस्कृतिक कार्यक्रम, घिन्ताङ घिसि  र दाफा भजन ,लाखे नाच सहित प्रदर्शन गर्ने तयारीमा छ ।
तेस्रो दिन स्थानिय सांगितिक कलाकार द्वारा प्रस्तुती हुुुुुनेछ । चौथो दिन पनि सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय स्तरका गायक-गायिकाहरुको प्रस्तुति रहनेछन् र अन्तमा  समापन कार्यक्रम हुनेछ ।
यस य:मरि महोत्सवबारे आयोजक संस्थाका अध्यक्ष मनोहर शाक्यले आफ्नो धारणा यसरी राखे :
“मेरो व्यक्तिगत हेराई र बुझाई अब उपत्यकादेखि बाहिर रहेका नेवार समुदायहरु एउटै मालामा बुन्न सकिएन भने हाम्रो मौलिक संस्कार संस्कृति संरक्षण हुन सक्दैन भन्ने रहेको छ । यो मानेमा सबैले  आफ्नो परम्परागत संस्कार संस्कृति  मनमा लिनु  जरुरी छ जस्तो लाग्छ । साथै नीतिगत रुपमा नेवार जागरण अभियान मेची देखि महाकालीसम्म कृयाशिल गराउन जरुरी छ । हामीहरुले आ-आफ्नो हैसियतले सांस्कृतिकसँगै भावनात्मक एकता कायम गर्न जरुरी छ ।”
“बिशेष गरेर धरानमै रहेका स्थानीय तथा राष्ट्रिय कलाकारहरुले हाम्रो समुदायको नयाँ प्रतिभाहरुलाइ संस्कृति हस्तान्तरण गर्नसक्ने छन्। त्यसैगरी व्पापारिक प्रवर्द्धनमा प्रत्यक्ष टेवा पुर्‍‍याउनुका साथै नयाँ  पुस्तालाई आफ्नो  कला हस्तान्तरण  गर्न सक्ने छन् यस्ता महोत्सवले । ”
महोत्सवमा विभिन्न स्टलहरु रहनेछन् । नेवार खानाहरु चाख्न मन पराउनेहरुका निम्ति त यो उत्सव विशेष हुनेछ ।साथैं संस्कृति मन पराउनेहरुका निम्ति पनि यो उत्सव आकर्षक हुनेछ । ५ फीट लामो ५० किलो पीठोको य:मरि पनि दर्शनीय हुनेछ ।जातीय पहिचान र अन्तरजातीय सद्भाव बढाउन मद्दत हुनेछ य:मरि महोत्सव ।
महोत्सव ४ दिन किन मनाउने भन्ने प्रश्नको  जवाफमा आयोजक शाक्यले भने
“कुबेरले दिएको बिमिरोलाई ४ दिनसम्म भकारीमा राख्दा सुन भएको थियो भन्ने किबदन्ती छ । त्यसैले यो ४ दिनले हामी पनि निखारिन्छौ होला भन्ने हो ।”

“आफ्नो भाषा कला संस्कृति एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै लानुपर्छ । यस्ता महोत्सवले यस्तो कार्य गर्न सघाउँछ जस्तो लाग्छ ।” उनले भने ।

पूर्वी नेपालमा य:मरि महोत्सव नौलो स्वाद हुनसक्छ।यस्तो कार्यक्रमले संस्कार संस्कृति पुस्तान्तरण हुने आशा गर्न सकिन्छ । सम्पदा संस्कृति जगेर्ना गर्ने कार्यमा यसले पनि धेरै मद्दत गर्न सकिने आशा गर्न सकिन्छ।

 

सम्बन्धित पोस्ट
  • शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न
  • ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑