काठमाडौं । संघीय समाजवादी पार्टी नेपालले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन्।
संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।
तर प्रधानमन्त्रीले उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव रोकिदिएपछि
पार्टी सरकारबाट हट्ने निष्कर्षमा पुगेको बताइएको छ ।
स्मरणीय छ नेकपाले मधेशबादी दल राजपालाई सरकारमा ल्याउन सहमति गरेको र राष्त्रिय सभा चुनावको निम्ति पनि सोहि दलसँग मिलेर जाने सहमति गरेको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५