पुस ४, २०७६ काठमाडौं : रुसको सुरक्षा एजेन्सी फेडरल सेक्युरिटी सर्विस (एफएसबी) को मुख्यालयमा भीषण बन्दुक आक्रमण भएको छ। मुख्यालयको भवनभित्र स्वचालित हतियारले फायरिङ गर्ने तीन बन्दुकधारीलाई सुरक्षा अधिकारीहरुले मारिदिएका छन्। बन्दुक हमलामा परी पाँचजना घाइते भएका रुसी मिडियाहरुले उल्लेख गरेका छन्। तर भवनभित्र निकै हताहती भएको हुनसक्ने अधिकारीहरुको आंकलन छ। अहिले सुरक्षाबलले त्यहाँ घेराबन्दी गरिरहेको र वरिपरिका मानिसहरुलाई घरभित्र जान भनिरहेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बार्षिक रुपमा गर्ने अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनको केही घण्टाअघि यो आक्रमण भएको हो। सेन्ट्रल मस्कोस्थित रुसको प्रमुख सुरक्षा एजेन्सीको भवनभित्र अहिले पनि गोली चलिरहेको छ। बन्दुकधारीको आक्रमणमा परी दुइजना सुरक्षा अधिकारीहरु गम्भीर घाइते भएका छन्। आफ्ना एक सुरक्षा अधिकारीको पनि मृत्यु भएको गुप्तचर एजेन्सीले जनाएको छ, तर अहिलेसम्म आधिकारिक पुष्टि भइसकेको छैन। अहिले एफएसबीका दुई प्रमुख भवनका चारैतिर सुरक्षाबल र प्रहरीहरु परिचालित छन्। रुसमा सुरक्षा सेवा दिवस मनाउँदै गर्दा यो आक्रमण भएको हो।
(agency )
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५