काठमाडौं /म्याराथनमा किरणसिंह बोगटीले जिते स्वर्ण पदक नेपालले जितेको छ ।
पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । यस स्पर्धामा भारतीय खेलाडी दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जिते ।
महिला म्याराथनमा नेपाल दोस्रो भए , पुष्पाले दिलाइन् रजत ।
साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथन दौडको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेण्ड रहेको छ जुन अझै कसैले तोड्न सकेको छैन । मानन्धरले १९८४ र १९८५ मा पनि म्याराथन दौड स्वर्ण जितेका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५