• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

सागको तेस्रो दिन नेपालले स्वर्ण संख्या २९ पुर्‍यायो ,सागमा नेपालको १००औं स्वर्ण


सुभाय् संवाददाता December 4, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं /तेह्रौं दक्षिण एसियाली खेलकुदमा नेपालले २९ स्वर्ण जितेको छ । सागको तेस्रो दिन नेपालले साइक्लिङ्गको डाउनहिलमा दुई स्वर्ण र दुई रजत तथा कराँतेमा एक, तेक्वान्दोमा दुई , ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा एक एक गरी ६ स्वर्ण जितेको छ ।
बुधबार तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् । अपरान्ह तेक्वान्दोमा संगिता बस्यालले ६७ किलो मुनिको तौल समुहमा स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा भारतीय खेलाडी गंगनजोट गिललाई १९–८ ले पराजित गरेका थिए ।
गोकर्णमा भएको साइक्लिङ्गको पुरुष विधा तर्फ राजेश मगरले स्वर्ण पदक जिते । उनले  एक मिनेट ४९ दशमलव ३३ सेकेण्डमा एक किलोमिटर दुरी पार गर्दै स्वर्ण पदक हात पारे । दोस्रो स्थानमा निरभ श्रेष्ठ , तेस्रो स्थानमा  प्रचित थापा मगर आए ।
त्यसैगरी, साइक्लिङ्ग महिला विधा तर्फ निश्मा श्रेष्ठले स्वर्ण जिते । उनले एक किलोमिटरको दुरी दुई मिनेट २२ दशमलव ४५ सेकेण्डमा तय गरेका थिए।
कराँते कुमुते खेलमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जिते । कराँते विधामा मात्रै नेपालको स्वर्ण पदकको संख्या १० पुगेको छ । उनले ६८ किलो तौल समूहको फाइनल स्पर्धामा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराएका थिए । ।
यसअघि बुधबार बिहान ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा दिपक हमालले स्वर्ण पदक दिलाका थिए । ऊसुमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । 

आज बुधवारको २९ औं स्वर्णसँगै सागमा बुधबार नेपालको १०० स्वर्ण पुगेको छ ।  नेपालको १३औं सागको २९औं स्वर्ण सागको इतिहासमा भने १००औं स्वर्ण हो ।
सन् १९८४ मा काठमाडौंमा आयोजित सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो । १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । १९९९ मा आयोजित सागमा नेपालले अहिलेसम्मकै सर्वाधिक पदक जितेको थियो । कराँते र तेक्वान्दो पहिलो पदक समावेश आठौं सागमा ३२ स्वर्णसहित समग्र प्रदर्शनमा नेपाल दोस्रो स्थानमा आएको थियो ।

२००४ मा पाकिस्तानमा आयोजित सागमा सात स्वर्ण जितेको नेपालले २००६ मा श्रीलंकामा आयोजित दशौं सागमा ७ स्वर्ण जितेको थियो ।
२०१० मा आठ र २०१६ मा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।
सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑