• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 28, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

सिड्नीमा नेपाली समुदायका ऐतिहासिक उत्सव: NAA को स्वर्णजयन्ती र GSNMC को सांस्कृतिक केन्द्र अभियान


सुभाय् संवाददाता November 28, 2026 मा प्रकाशित (२२ मिनेट अघि) अनुमानित पढ्ने समय : १२ मिनेट

डा. राजु मानन्धर
अतिथि सम्पादक, सिड्नी, अस्ट्रेलिया

सिड्नी। अस्ट्रेलियामा नेपाली समुदायको पाँच दशक लामो संस्थागत इतिहास, पहिचान र योगदानको सम्मान गर्दै नेपाली अस्ट्रेलियन एसोसिएसन (NAA) ले स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्णजयन्ती नोभेम्बर २७ मा हर्स्टभिलस्थित माराना अडिटोरियममा भव्य रूपमा मनाएको छ।

न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा NAA का संस्थापक संयोजक डा. श्रीगोविन्द शाह, पूर्वअध्यक्ष डा. नारायण प्रधान तथा लिला प्रधान, नेपाली समुदायबाट पहिलो OAM प्राप्तकर्ता इन्द्र बन, पदम शाक्यलगायत अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

समारोहको प्रमुख आकर्षण इन्द्र बनद्वारा लिखित ‘अस्ट्रेलियामा आधा शताब्दी’ पुस्तक तथा नेपाली अस्ट्रेलियन बसोबासको इतिहास समेटिएको स्मारिका विमोचन थियो। प्रिमियर क्रिस मिन्स, इन्द्र बन, प्रकाशन समितिका अध्यक्ष ऋषि आचार्य, सहअध्यक्ष डा. राजु मानन्धर तथा NAA अध्यक्ष निशा राजभण्डारीले संयुक्त रूपमा विमोचन गरेका थिए।

प्रधानमन्त्री एन्थोनी अल्बानिजका प्रतिनिधि संघीय सांसद द अनरेबल एश अम्बिहाइपहार, द अनरेबल झी सुन, द अनरेबल मार्क काउरे, GSNMC अध्यक्ष विष्णु हमाल तथा टाइटल स्पोन्सरका तर्फबाट पासाङ शेर्पाले सम्बोधन गरेका थिए।

नेपालबाट आएका चर्चित हास्यकलाकार हरिवंश आचार्य र मनोज गजुरेल तथा प्रोफेसर डा. भगवान कोइरालाले अग्रज सामुदायिक अगुवा र सामाजिक संस्थाहरूलाई सम्मान गरेका थिए। चर्चित गायिका शान्तिश्री परियारको सांगीतिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाएको थियो। नेपाली मूलका स्थापित कलाकार र दोस्रो पुस्ताका युवाहरूले पनि सांस्कृतिक प्रस्तुति दिएका थिए।

यसैक्रममा, नोभेम्बर २८ मा ग्रेटर सिड्नी नेपालीज मल्टिकल्चरल सेन्टर (GSNMC) ले वेस्ली कन्फरेन्स सेन्टरमा सदस्य सम्मान तथा कोष सङ्कलन साँझ आयोजना गर्दैछ।

‘Connect, Inspire, Thrive’ अर्थात् ‘जोडौँ, प्रेरित गरौँ र समृद्ध बनौँ’ भन्ने नारासहित अघि बढिरहेको GSNMC को प्रमुख लक्ष्य सिड्नीमा नेपाली कला, संस्कृति, परम्परा, सम्पदा र इतिहास संरक्षण तथा प्रवर्द्धनका लागि साझा सांस्कृतिक केन्द्र निर्माण गर्नु हो।

प्रस्तावित केन्द्र नेपाली समुदायका विवाह, चाडपर्व, सांस्कृतिक उत्सव, सभा तथा सम्मेलनको साझा थलो बन्ने परिकल्पना गरिएको छ। साथै, अस्ट्रेलियामा हुर्किरहेका दोस्रो पुस्ताका नेपाली बालबालिका तथा युवालाई भाषा, संस्कृति र पुर्खाको पहिचानसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

NAA को स्वर्णजयन्तीले अस्ट्रेलियामा नेपाली समुदायको पाँच दशक लामो योगदान र उपलब्धिलाई सम्मान गरेको छ भने GSNMC को सांस्कृतिक केन्द्र अभियानले भावी पुस्ताका लागि नेपाली पहिचान, कला र सम्पदा संरक्षण गर्ने दीर्घकालीन प्रतिबद्धता प्रस्तुत गरेको छ। यी दुई अभियान नेपाली समुदायको गौरवशाली विगत र उज्ज्वल भविष्यलाई जोड्ने महत्वपूर्ण प्रयासका रूपमा देखिएका छन्।

 

सम्बन्धित पोस्ट
  • डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार
  • नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत
  • सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित
  • राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिड्नीमा नेपाली समुदायका ऐतिहासिक उत्सव: NAA को स्वर्णजयन्ती र GSNMC को सांस्कृतिक केन्द्र अभियान

    डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार

    नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत

    सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित

    राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व

    जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास

    जनबहालमा आयुताहुति महायज्ञ जारी : वज्रयान परम्पराअनुसार पूजा, पाठ र होम

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् पोस्ट बिशेष

    सिड्नीमा नेपाली समुदायका ऐतिहासिक उत्सव: NAA को स्वर्णजयन्ती र GSNMC को सांस्कृतिक केन्द्र अभियान

    डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार

    नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत

    सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित

    राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑