• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 24, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार


सुभाय् संवाददाता November 24, 2026 मा प्रकाशित (३८ सेकेण्ड अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

–मन्जु श्रेष्ठ

काठमाडौंको चर्यानृत्यको शास्त्रीय आध्यात्मिक अभ्यास, कार्तिक नाचको शास्त्रीय लय, देवीदेवताको मुकुण्डो नाचदेखि थारूको सखिया, धिमालको लोकलय, गुरुङको घाँटु,मगरको मारुनी र सुदूरपश्चिमको देउडासम्म, नेपाल नाचिरहेको छ । यो नेपालको एउटा जीवन्त सांस्कृतिक सम्पदा हो ।
म आज यहाँ काठमाडौं उपत्यकाका प्रमुख नृत्यहरुको विषयमा केही चर्चा गर्न गइरहेकी छु ।
कुनै दिन काठमाडौँ उपत्यकाको पुरानो बस्तीमा पुगेर जात्राको रमझम हेर्नुहोस् कतै धिमे र भुस्याको तालमा धिमे नाच नाचिरहेको देखिन्छ । धिमे नाच नेवाः समुदायको लोकप्रिय लोकनृत्य परम्परासँग सम्बन्धित हुन्छ । कतै डबलीमा देवताको मुकुण्डो लगाएका नाचिरहेका हुन्छन्, कतै लाखे आफ्नो अनौठो चालमा दर्शकलाई रोमाञ्चित बनाइरहेको हुन्छ । पाटनको ऐतिहासिक डबलीमा कार्तिक नाचको कथा मञ्चन भइरहेको हुन्छ भने कुनै महाविहार(बहाल)को शान्त वातावरणमा वज्रयान अभ्यास गर्ने चर्या नृत्यको मुद्रा र तालमार्फत आध्यात्मिक भाव व्यक्त गरिरहेका हुन्छन् ।
काठमाडौं उपत्यकाको नृत्य परम्परा केवल मनोरञ्जनको माध्यम मात्र होइन यो यहाँको जीवनशैली, धार्मिक आस्था,दर्शन र सामुदायिक पहिचानसँग जोडिएको जीवन्त सम्पदा हो । यहाँका नृत्यहरूमा प्रयोग हुने बाजा र तालले नै तिनको मौलिकता छुट्याउँछ ।
धिमे र भुस्याको गम्भीर तथा जोसिलो तालमा प्रस्तुत हुने धिमे नाच नेवाः समुदायको लोकप्रिय लोकनृत्य परम्परासँग सम्बन्धित छ । धिमे बाजाको र भुस्याको जोसिलो संगीतले नृत्यमा छुट्टै ऊर्जा थप्छ यसले समुदायमा हिड्न सिकाउँछ । जात्रा, पर्व तथा सांस्कृतिक उत्सवमा यसको प्रस्तुति विशेष आकर्षण बन्ने गर्छ ।
काठमाडौंका विभिन्न देवी नाच र मुकुण्डो नाचमा पात्र, देव देवीस्वरूप, धार्मिक आख्यान र परम्परा अनुसार फरक–फरक बाजा, ताल र गायन प्रयोग हुन्छन् । यी नाचहरूमा खिं बाजाको विशेष प्रयोग हुन्छ । शास्त्रीय ताल, परम्परागत गायन र नृत्यका निश्चित नियमहरुले यस्ता सांस्कृतिक प्रस्तुतिलाई अझ गहिराइ प्रदान गर्दछ ।
विशेषगरी काठमाडौंका देवी नाच र मुकुण्डो नाचमा बाजाको ताल केवल नृत्यलाई गति दिने माध्यम होइन त्यो पात्रको भाव, देवताको स्वरूप र नृत्यको प्रसङ्ग व्यक्त गर्ने सांगीतिक भाषा पनि हुन्छ । त्यसैले प्रत्येक नाचको आफ्नै लय, आफ्नै गायन र आफ्नै प्रस्तुति पद्धति हुन्छ ।
यसरी काठमाडौं उपत्यकाको नृत्य परम्परालाई हेर्दा धिमे–भुस्याको लोकलयदेखि खिं,पयँता बाजामा आधारित शास्त्रीय ताल र गायनसम्मको समृद्ध सांगीतिक विविधता समेत देखिन्छ ।
यही दृश्यलाई तराईमा पुगेर हेर्नुभयो भने सखिया र झुमराको लयमा रमाइरहेका थारू समुदाय भेटिन्छन् । धिमाल बस्तीमा आफ्नै मौलिक गीत र नृत्यको रौनक देखिन्छ । पश्चिमका पहाडमा घाँटु, सोरठी, कौडा र मारुनीका भाका गुञ्जिरहेका हुन्छन् । अझ सुदूरपश्चिम पुग्दा देउडाको गोलो घेराभित्र हात समातेर नाचिरहेका महिला तथा पुरुषको उत्साह देखिन्छ ।
मल्लकालीन दरबार र डबलीमा हुर्किएका नृत्यकला
काठमाडौँ उपत्यकाको सँस्कृतिको इतिहासमा मल्लकाल नृत्य, संगीत, नाट्यकला र शिल्पकला वास्तुकलाको उल्लेखनीय विकास भएको समय हो । काठमाडौँ, पाटन र भक्तपुरका दरबार, मन्दिर, बहाल, चोक र डबलीहरू धार्मिक तथा प्रशासनिक केन्द्रहरु मात्र थिएनन् । ती सांस्कृतिक प्रस्तुतिका जीवन्त मञ्च पनि थिए ।
मल्लकालीन राजाहरूले जात्रा, पर्व, नाटक र नृत्यलाई संरक्षण तथा प्रोत्साहन गरेको ऐतिहासिक परम्परा पाइन्छ । धर्मशास्त्रका कथा, देवीदेवताका लीला, पौराणिक पात्र र सामाजिक जीवनका घटनालाई गीत, संगीत, अभिनय र नृत्यका माध्यमबाट प्रस्तुत गरिन्थ्यो । राजराजेन्द्र कविन्द्र प्रताप मल्ल , सिद्धी नरसिंह मल्ल जस्ता कला अनुरागी राजाहरुले यस्ता कार्यहरुमा थप बल दिए ।
यस परम्पराको अनुपम उदाहरण हो—पाटनको कार्तिक नाच ।
पाटन दरबार क्षेत्रको कार्तिक दबलीमा प्रत्येक वर्ष कार्तिक महिनामा प्रस्तुत हुने कार्तिक नाच नेपाली नृत्य–नाट्य परम्पराको गौरवशाली धरोहर हो। यसको सुरुवात नेपाल संवत ७६१ अर्थात सन १६४१ मा राजा सिद्धिनरसिंह मल्लले गर्नुभएको ऐतिहासिक तथ्य पाइन्छ ।
कार्तिक नाच एउटै नृत्य होइन, विभिन्न धार्मिक तथा पौराणिक कथामा आधारित नृत्य–नाट्य प्रस्तुतिहरूको शृङ्खला हो । भगवान विष्णुका अवतार, कृष्णलीला,भक्त प्रह्लाद, हिरण्यकशिपु र नरसिंह अवतारजस्ता कथालाई अभिनय, संगीत, गायन, नृत्य र संवादमार्फत प्रस्तुत गरिन्छ ।कल्पना गरौँ, सयौँ वर्ष पुरानो दबलीमा नरसिंहको स्वरूप धारण गरेका कलाकारले हिरण्यकशिपुको वधको दृश्य प्रस्तुत गरिरहेका छन् । वरिपरि दर्शकको भीड छ, परम्परागत बाजाको ताल गुञ्जिरहेको छ र कलाकारहरू कथाका पात्रमा रूपान्तरित भएका छन् । यो केवल नाच होइन, इतिहास र आस्थालाई प्रत्यक्ष अनुभव गर्ने अवसर हो ।
राजा सिद्धिनरसिंह मल्लबाट सुरु भएको यस परम्परालाई उनका उत्तराधिकारी श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लले विस्तार गरेको इतिहासमा पाइन्छ । समयसँगै यसको प्रस्तुति अवधि र विषयवस्तु विस्तार हुँदै गयो । आज पनि कार्तिक नाच पाटनको सांस्कृतिक पहिचानको महत्वपूर्ण प्रतीकका रूपमा जीवित छ ।

देवी नाच र मुकुण्डोको रहस्यमय संसार
काठमाडौँ उपत्यकाको जात्रा संस्कृति देवीदेवताका नाचबिना अधुरो हुन्छ । यहाँका विभिन्न बस्तीमा प्रचलित देवी नाच, भैरव नाच, महाकाली प्याखँ, नवदुर्गा नाच र अन्य मुकुण्डो नाचले उपत्यकाको धार्मिक तथा सांस्कृतिक जीवनलाई जीवन्त बनाएका छन् ।
भक्तपुरको नवदुर्गा नाच यसको विशिष्ट उदाहरण हो। नवदुर्गाका विभिन्न स्वरूप, भैरव, गणेश तथा अन्य पात्रका मुकुण्डो र परम्परागत पोसाक धारण गरेर कलाकारहरू जात्रा तथा धार्मिक अवसरमा प्रस्तुत हुन्छन् । यी नाचको सम्बन्ध त्यहाँका मन्दिर, पूजा, अभ्यास र समुदायको धार्मिक विश्वाससँग गाँसिएको हुन्छ ।
काठमाडौँका विभिन्न जात्रा तथा पर्वमा प्रस्तुत हुने महाकाली प्याखँ, श्वेतकाली नाच, पचली भैरव प्याखँ तथा अन्य देवी नाचले पनि उपत्यकाको सांस्कृतिक विविधतालाई उजागर गर्छ । ललितपुरको हरिसिद्धि नाच र खोकना क्षेत्रको सिकाली प्याखँजस्ता परम्पराले पनि देवी नृत्यको विशिष्ट स्वरूप प्रस्तुत गर्छन्।
यी नाचमा प्रयोग हुने मुकुण्डो आफैँमा कलाको अर्को संसार हो । माटो वा अन्य परम्परागत सामग्रीबाट तयार गरिएका मुकुण्डोमा देवताको स्वरूप, भाव अभिव्यक्त हुन्छ ।यस कलामा मुकुण्डो बनाउने कलाकार, पोसाक तयार गर्ने कालीगढ, बाजा बजाउने व्यक्ति र नृत्य सिकाउने गुरु सबैकमे महत्वपूर्ण भुमिका हुन्छ ।
लाखे नाच पनि उपत्यकाको अत्यन्त लोकप्रिय मुकुण्डो नृत्य हो । विशेषगरी इन्द्रजात्राका अवसरमा देखिने लाखेको तीव्र चाल, आकर्षक मुकुण्डो, लामो कपालजस्तो सजावट र रङ्गीन पोसाकले दर्शकलाई मन्त्रमुग्ध बनाउँछ । लाखे नाचमा रोमाञ्च र उत्साह मात्र होइन, नगरको रक्षासम्बन्धी लोकविश्वाससमेत जोडिएको छ । यो नाच अहिले नेपालभरि नै व्याप्त भैसकेको छ ।
काठमाडौंको पुलुकिसी नाचमा हात्तीको आकृतिमा तयार गरिएको संरचनाभित्र कलाकारहरू रहेर नृत्य गर्छन् । यसको कथा ऐरावत हात्तीसँग सम्बन्धित रहेको विश्वास गरिन्छ । यो नाच इन्द्रजात्राको आकर्षक पक्ष हो । सवःभक्कुजस्ता अन्य परम्परागत प्रस्तुतिले पनि उपत्यकाको नृत्य संसारलाई थप रङ्गीन बनाएका छन्।

चर्या नृत्यः वज्रयान शास्त्रीय नृत्य
काठमाडौँ उपत्यकाको नृत्य परम्परामा चर्या नृत्यको स्थान अरूभन्दा केही फरक र विशिष्ट रहेको छ । नेवार बौद्ध वज्रयान परम्परासँग सम्बन्धित चर्या नृत्यलाई सामान्य मनोरञ्जनका रूपमा मात्र बुझ्न सकिँदैन । यो आध्यात्मिक अभ्यास, ध्यान, मुद्रा, संगीत र शरीरको हाउभाउसँग सम्बन्धित कला हो ।
चर्या नृत्यमा वज्राचार्य गुरु तथा अभ्यास गर्नेहरूले विभिन्न बौद्ध देवदेवी र बोधिसत्वका स्वरूप तथा गुणलाई शरीरको मुद्रा र गतिमार्फत अभिव्यक्त गर्छन् । हातका मुद्रा, आँखाको दृष्टि, शरीरको अवस्था, पाइला, ताल र लयको आफ्नै आध्यात्मिक अर्थ हुन्छ।
यस नृत्यमा अभ्यास गर्नेले केवल पात्रको अभिनय गर्दैनन् । धार्मिक साधनाको भावलाई शरीरमार्फत अनुभूत र अभिव्यक्त गर्ने प्रयास गर्छन् । चर्या गीत, परम्परागत बाजा र नृत्यको संयोजनले यसलाई विशिष्ट बनाएको हुन्छ ।
यस परम्पराका केही अभ्यास अगम घर तथा दीक्षित धार्मिक अनुष्ठानसँग सम्बन्धित भएकाले सबै पक्ष सार्वजनिक प्रस्तुति वा मनोरञ्जनका लागि खुला हुँदैनन् । यसले नेपालको परम्परागत बौद्ध संस्कृति संगीत र साधनाको परम्परामा पनि जीवित रहेको प्रमाण दिन्छ ।

काठमाडौ उपत्यका कुनै समय उद्योग व्यापार व्यवसाय मात्र हैन सम्पदा संस्कृतिले पनि स्वर्णिम काल पाएको गौरवमय इतिहास बोकेको ठाउँ हो । आज पनि यी सम्पदा संस्कृतिहरु जीवल्त छन् , जीवन्त बनाइराख्नु पर्छ यो हाम्रो कर्तव्य हो ।

सम्बन्धित पोस्ट
  • नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत
  • सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित
  • राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व
  • जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार

    नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत

    सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित

    राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व

    जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास

    जनबहालमा आयुताहुति महायज्ञ जारी : वज्रयान परम्पराअनुसार पूजा, पाठ र होम

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् पोस्ट बिशेष

    डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार

    नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत

    सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित

    राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व

    जनबहालमा आयुताहुति महायज्ञ जारी : वज्रयान परम्पराअनुसार पूजा, पाठ र होम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑