• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 20, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

जनबहालमा आयुताहुति महायज्ञ जारी : वज्रयान परम्पराअनुसार पूजा, पाठ र होम


सुभाय् संवाददाता November 20, 2026 मा प्रकाशित (२0 मिनेट अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जनबहालस्थित कनक चैत्य महाविहारमा सञ्चालन भइरहेको आयुताहुति महायज्ञ दोस्रो दिन पनि भव्य रूपमा जारी छ। मंसिर ३ गतेदेखि ५ गतेसम्म तीन दिन सञ्चालन हुने महायज्ञमा वज्रयान बौद्ध परम्पराअनुसार विशेष पूजा, सूत्रपाठ, ध्यान, जप, चर्या तथा अग्निहोमका धार्मिक अनुष्ठान भइरहेका छन्।

श्री आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा भइरहेको उक्त महायज्ञ विश्वशान्ति, लोककल्याण तथा सम्पूर्ण प्राणी जगत्को सुख, शान्ति र समृद्धिको कामनासहित आयोजना गरिएको हो।

महायज्ञको दोस्रो दिन आज जनबहालका गुर्जुहरूको समूहले होम मण्डपअगाडि पञ्चबुद्धको मुकुट धारण गरी वज्रयान परम्पराअनुसार सूत्रपाठ तथा चर्या गर्दै धार्मिक अनुष्ठानलाई निरन्तरता दिएका छन्। गुर्जुहरू तीन समूहमा विभाजित भएर आ–आफ्नो परम्परागत विधिअनुसार पूजा, पाठ र होममा सहभागी भइरहेका छन्। नरसिंह गुर्जुको समूहले समेत छुट्टै रूपमा पाठ तथा पूजा गरिरहेको छ।

वज्रयान बौद्ध परम्परामा पञ्चबुद्धको मुकुट धारण गर्नु, विशेष मन्त्र तथा सूत्रपाठ गर्नु र चर्याका माध्यमबाट धार्मिक अनुष्ठान सम्पन्न गर्नुको विशिष्ट महत्त्व रहेको छ। आयुताहुति महायज्ञलाई तन्त्रयानअन्तर्गत उच्चस्तरको धार्मिक अनुष्ठानका रूपमा लिइन्छ। यसमा विभिन्न तान्त्रिक तथा वज्रयानी विधि समावेश हुने भएकाले महायज्ञको धार्मिक र सांस्कृतिक महत्त्व विशेष रहेको छ।

महायज्ञको पहिलो दिन जनबहालका मूल गुर्जु अष्ट रत्न बज्राचार्य, रोहिणी बज्राचार्यलगायतले विधिपूर्वक पूजा आरम्भ गरेका थिए। त्यस अवसरमा फणीन्द्र रत्न बज्राचार्य, बौद्ध विद्वान् यज्ञमानपति बज्राचार्य, बौद्ध विद्वान् प्रा.डा. नरेशमान बज्राचार्य तथा मञ्जुश्री रत्न बज्राचार्यलगायतले धार्मिक पाठ तथा अनुष्ठान सम्पन्न गरेका थिए।

महायज्ञको उद्घाटन तथा प्रारम्भिक धार्मिक कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले समेत महायज्ञमा आहुति अर्पण गरेका थिए। त्यसैगरी महायानी धर्मगुरु रिम्पोछेहरूबाट बुद्धपूजा तथा धर्मदेशना कार्यक्रम सम्पन्न भएको थियो।

महायज्ञअन्तर्गत संकल्प पूजा, रत्नमण्डल दोहल, समाधि, ध्यान तथा जप, कलश पूजा, अष्टमंगल पूजा र सुकुन्दा पूजा गरी अग्निपूजासहित आयुताहुति होम प्रारम्भ गरिएको हो। तीन दिनसम्म चल्ने यस धार्मिक अनुष्ठानमा गुर्जुहरू, बौद्ध विद्वान्, धर्मगुरु तथा भक्तजनहरूको सहभागिता रहेको छ।

आयोजक श्री आर्यावलोकितेश्वर सुधार समूहका नायः नीलकाजी शाक्यले सम्पूर्ण प्राणीको कल्याण र विश्वशान्तिको कामनासहित महायज्ञ आयोजना गरिएको बताएका छन्। उनका अनुसार महायज्ञबाट प्राप्त हुने पुण्यले संसारका सम्पूर्ण प्राणीको कल्याण होस् भन्ने उद्देश्य राखिएको छ।

काठमाडौंको प्राचीन बौद्ध सम्पदा, वज्रयान परम्परा र संस्कृतिसँग जोडिएको जनबहालमा आयोजना भएको यस महायज्ञले परम्परागत बौद्ध धार्मिक विधि, अनुष्ठान तथा सांस्कृतिक अभ्यासको संरक्षण र निरन्तरतामा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

मंसिर ५ गतेसम्म सञ्चालन हुने महायज्ञमा भक्तजनहरूको सहभागिता निरन्तर बढिरहेको आयोजकले जनाएको छ।

सम्बन्धित पोस्ट
  • शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान
  • साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन
  • उत्पादन घटे पनि लक्ष्मीपूजामा ५८७ मेगावाट बिजुली निर्यात
  • सिड्नीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको विशेष उपस्थितिमा भव्य रूपमा सम्पन्न नेपाल फेस्टिभल,
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जनबहालमा आयुताहुति महायज्ञ जारी : वज्रयान परम्पराअनुसार पूजा, पाठ र होम

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    उत्पादन घटे पनि लक्ष्मीपूजामा ५८७ मेगावाट बिजुली निर्यात

    सिड्नीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको विशेष उपस्थितिमा भव्य रूपमा सम्पन्न नेपाल फेस्टिभल,

    नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक

    सिड्नीमा ११७औँ महाकवि देवकोटा जयन्ती तथा साहित्यिक उत्सव हुँदै

    नेपाल फेस्टिभल सिड्नीमा प्रकाश सपुत र रचना रिमालको विशेष प्रस्तुति

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् पोस्ट बिशेष

    जनबहालमा आयुताहुति महायज्ञ जारी : वज्रयान परम्पराअनुसार पूजा, पाठ र होम

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    उत्पादन घटे पनि लक्ष्मीपूजामा ५८७ मेगावाट बिजुली निर्यात

    सिड्नीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको विशेष उपस्थितिमा भव्य रूपमा सम्पन्न नेपाल फेस्टिभल,

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑