• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक


सुभाय् संवाददाता November 7, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / नेपाल संवत् ११४७ को शुभारम्भको अवसर पारेर वरिष्ठ लेखिका मोतीलक्ष्मी शाक्यको नयाँ पुस्तक ‘शाक्य ल्हासा नेवाः’ विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

काठमाडौंको लगनस्थित शाक्य परिवारको पुर्ख्यौली ल्हासा व्यापारको ऐतिहासिक विवरण समेटिएको यो पुस्तक उक्त विषयमा लेखिकाको दोस्रो कृति हो। यसअघि उनले ‘लगन्त्वाःया ल्हासा नेवाः’ पुस्तक प्रकाशित गरिसकेकी छन्।

‘शाक्य ल्हासा नेवाः’ मा लेखिकाका पुर्खा आयुदेवदेखि पुस्तौँपुस्तासम्म हुँदै उनका पिता र दाजुभाइले निरन्तरता दिएको परम्परागत नेपाल–तिब्बत व्यापारको इतिहास समेटिएको छ। पुस्तकले काठमाडौंका शाक्य समुदायको ऐतिहासिक व्यापारिक सम्बन्ध, पुर्खाको योगदान र तत्कालीन सामाजिक तथा आर्थिक गतिविधिबारे महत्त्वपूर्ण जानकारी प्रस्तुत गरेको छ।

यस पुस्तकको अंग्रेजी अनुवाद पनि गरिएको छ। लेखिकाका दुवै पुस्तकलाई अंग्रेजी भाषामा अनुवाद गर्ने अनुवादकले यस ऐतिहासिक तथा साहित्यिक कार्यको हिस्सा बन्न पाएकोमा आफूलाई गौरवान्वित र सौभाग्यशाली महसुस गरेको बताएका छन्। उनका अनुसार ‘शाक्य ल्हासा नेवाः’ नेपाल–तिब्बतबीचको परम्परागत व्यापारिक इतिहास र शाक्य समुदायको योगदान अध्ययन गर्न चाहनेहरूका लागि महत्त्वपूर्ण ऐतिहासिक स्रोत बन्नेछ।

उक्त कार्यक्रममा ‘शाक्य ल्हासा नेवाः’ सहित अन्य चार साहित्यिक कृति पनि सार्वजनिक गरिएका थिए। दिवंगत कवि पूर्ण वैद्यको कविता कृति ‘सरसु’ नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको छ। त्यसैगरी मणिदेवी ताम्राकारको पाँचौँ कथासङ्ग्रह ‘नुगः दुने’ तथा जानकी रघुवंशीको ‘बाखं  क्यब’’ नेपाली र नेपालभाषा दुवै भाषामा सार्वजनिक गरिएको छ।

कार्यक्रममा सार्वजनिक भएका कृतिहरूले नेपाली तथा नेपालभाषा साहित्यको विकाससँगै भाषा, संस्कृति, इतिहास र साहित्यिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यस अवसरमा सबै स्रष्टालाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रकाशित कृतिहरूले भावी पुस्तालाई साहित्यिक सिर्जना र ऐतिहासिक अध्ययनका लागि प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित पोस्ट
  • सिड्नीमा ११७औँ महाकवि देवकोटा जयन्ती तथा साहित्यिक उत्सव हुँदै
  • नेपाल फेस्टिभल सिड्नीमा प्रकाश सपुत र रचना रिमालको विशेष प्रस्तुति
  • नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार
  • “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक

    सिड्नीमा ११७औँ महाकवि देवकोटा जयन्ती तथा साहित्यिक उत्सव हुँदै

    नेपाल फेस्टिभल सिड्नीमा प्रकाश सपुत र रचना रिमालको विशेष प्रस्तुति

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    सुभाय् पोस्ट बिशेष

    नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक

    सिड्नीमा ११७औँ महाकवि देवकोटा जयन्ती तथा साहित्यिक उत्सव हुँदै

    नेपाल फेस्टिभल सिड्नीमा प्रकाश सपुत र रचना रिमालको विशेष प्रस्तुति

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑