• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 11, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

“का वल वल!”


सुभाय् संवाददाताJuly 14, 2025 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

इन्द्रलाल सिंह

आज बिहान मर्निङ वाक (Morning Walk) गरेर घर फर्कदै थिएँ मेरो घर सँगै पिपल बोटको छहारीमुनि एउटा टेबुल दुइटा मेच राखेर रास्वपा सभापति रवि लामिछानेको भैरहवा कारागारबाट अपील भन्ने बुकलेट किताब र हस्ताक्षर गर्न राखेको ढड्डा देखियाे । भित्तात्मा हस्ताक्षर अभियान का लागि आर्थिक सहयोग को QR भएको ब्यानर राखेको थियो भने एक जना अपरिचित व्यक्ति हस्ताक्षर गर्न अनुरोध गर्दै कराउँदै थियो ।
गत हप्ता मात्रै एउटा मोबाइल कम्पनी ले सोही ठाउँमा यस्तै हस्ताक्षर गराउँदै कम्पनीको सिम कार्ड बिना पैसा वितरण गरेको थियो ।
नेवारीमा “का वल वल” – लौ आयो आयो भने जस्तै एकजना टोले भाईले मलाई पनि त्यहाँ जान आग्रह गरे । थाहा नभए जस्तै “किन त्यहाँ के छ” प्रश्न गरें । उस्ले सजिलै “था छैन दाई हस्ताक्षर गर भन्छ” जवाफ दिए।
हस्ताक्षर गरिसकेका दुईजना बहिनीहरू लाई “हस्ताक्षर गरेको हो” प्रश्न गरें । “हो दाई तर केही पनि दिएन बरु चन्दा पो देऊ भन्छ”। आज बिहानको एक झलक हो यो ।
हालै रास्वपा को सदन, सामाजिक सञ्जाल र सडकमा व्यापक चर्चा सुन्न पाइन्छ। खासगरी सदनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत मानव तस्कारी लाई लिएर गृहमन्त्री ले नैतिकताको हिसाबले  राजीनामा दिनुपर्ने माग रहेको र संघीय संसद चल्न नदिने माग छ भने, नयाँ, प्रमको स्पेन भ्रमण समेत थपेको छ । सडकमा रवि लामिछाने प्रति राजनैतिक प्रतिशोध र थुनामा राखेर अन्याय भयो भन्दै ठाउँ ठाउँमा हस्ताक्षर को साथै चन्दा संकलन अभियान चलाएको देखिन्छ र सामाजिक सञ्जालमा सो अभियानको व्यापक प्रचार प्रसार गरिराखेको देखिन्छ।
रास्वपाका विद्वान नेता भनाउदा र कार्यकर्ता हरू सो को पुष्टि गर्न सकी नसकी परिचालित भएको देखिन्छ । अनि भूपू प्रधान मन्त्रीदेखि वरिष्ठ कलाकारहरु न्यायाधीशहरूले समर्थन गरेको चर्चा चलाएको देखिन्छ। नेपाल बाहिर पनि यो अभियान व्यापक रूपमा चलाएको बुझिन्छ।
कति जनाले साँच्चै कुरा बुझेर हस्ताक्षर गर्यो होला ? हालै राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले ‘सङ्घीय निजामती सेवा विधेयकको कुलिङ पिरियड सम्बन्धी व्यवस्था समितिबाट पारित भएको भन्दा फरक प्रावधान देखिएपछि सभापति विवादमा परेका हुन् । प्रतिवेदन नपढिकन हस्ताक्षर गरेको ले त्रुटि भनिएता पनि संघीय संसद मा हंगामा भएको र नैतिकता को आधारमा राजीनामा समेत मागेको ज्वलन्त उदाहरण छ ।
हाल रास्वपा सभापति अदालतको फैसला अन्तर्गत कारागार रहेको अबस्था छ । सभापति कस्तो खालको व्यक्ति नेपाली जनमानसले नाचिनेको पक्कै होइन । राजनीतिमा सत्ता जोगाउन गृहमन्त्री जस्तो पद छानी छानी लिन सक्ने भयो । उनलेनै आफ्नो अनुकुल हुँदा अदालत को फैसला लाई स्वागत मात्र होइन उनी लगायत अरु नेताहरुले वक्तव्य नै दिनपुगेका थिए ।
यो हस्ताक्षर अभियान के प्रायोजनको लागी प्रयोग गरिने हो सम्बन्धितले राम्ररी प्रष्ट पार्न सके हुने थियो। हुनत यो अभियानको नाममा रास्वपा ले जनतालाई परिचालन गरी सरकारको र ठूला दलका नेतृत्व को भण्डाफोर गर्न र अलिकति भएपनि अर्थोपार्जन गर्न मदत पुग्न सक्ला तर वास्तविकता उजागर भए यस्को परिणाम के हुने हो हेर्न बाँकीनै छ ।
ठूला दलहरू लगायत सत्तासीन दलका नेतृत्व देखि नेपाली जनता पटकै सन्तुष्टि नभएको मात्र नभई रिसले क्रोधित भइरहेको अवस्था छ आज । किन स्वतन्त्र बाट जितेकाहरूहरु को हाइ हाइ हुन्छ? नेतृत्व ले कतिदिन ढाँट्ने? सतर्क हुनै पर्छ, नयाँ कुशल विवाद रहित नेताहरु ले नेतृत्व लिनु र आत्मा आलोचना गरी सच्चिनु को कुनै विकल्प हुन सक्दैन । नभए “का वल वल” ले ८४ अघि नै उठलपुथल नल्याउला भन्न सकिन्न।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑