काठमाडौं / आज मंसिर ४ गते बुधबार बसेको नेकपा सचिवालय बैठकले पार्टी संचालनको नेतृत्व पुष्प कमल दाहाल प्रचण्डले गर्ने तथा सरकारको नेतृत्व पूरै अवधि केपी शर्मा ओलीलेनै गर्ने निर्णय गरेको छ ।
यस सहमतिपछि नेकपाको पार्टी संचालनको नेतृत्व र सरकार चलाउने नेतृत्वको लागि पार्टीमा स्पष्ट धारणा बनेको छ । यो संसदको आयु रहेसम्म ओलि नैं प्रधानमन्त्री बनिरहने भएका छन् । साथै वैठकको अध्यक्षता दुवै अध्यक्षले आलोपालो गर्ने निर्णय पनि गरेको छ ।
पार्टी एकीकरण हुँदाको सहमति अनुसार सरकारको नेतृत्व र पार्टीको नेतृत्व लिने बारेमा यस प्रकार निर्णय भएको बताइन्छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आज मन्त्री परिषद पुनर्गठन सम्बन्धि कुनै छलफल नभएको बताए ।तर आज विशेषगरी मन्त्रीमण्डल हेरेफेरको निम्ति विहानैदेखि दुई अध्यक्ष छलफलमा व्यस्त भएको खबर आएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५