काठमाडौं जिल्ला प्रशासन कार्यालयमा केही समयदेखि नेपाल भाषामा नाम रहेको संस्था दर्ता गर्न नदिएको बारे विवाद टुंगिएको छ ।अब नेपाल संवत प्रयोग गरी निवेदन दिने, लोगोमा नेपाल संवत राख्ने र नेवार नामबाट संस्था दर्ता गर्न सकिने भएको छ ।
बुधबार सीडीओ कार्यालयका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँगको कुराकानीपछि विवाद अन्त्य भएको हो ।
वागमति प्रदेशका पूर्व मन्त्री सांसद शैलेन्द्रमान बज्राचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी बस्नेतसँग भेट गरी नेपाल संवत्को प्रयोग र नेवारी नाममा संस्था दर्ताका समस्याबारे छलफल गरेको थियो ।
नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य , नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष प्रा डा. नरेशमान बज्राचार्य लगायत समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
सिडिओ बस्नेतले नेपाल सरकारकाे निर्देशन अनुसार नेपाल संवत् आफ्नाे कार्यालयकाे लेटर हेडमा समेत प्रयाेग भइरहेकाे हुँदा नेपाल संवत् सम्बन्धी विवाद हुनु नपर्ने भनेर कर्मचारीहरूलाइ नेवाः नाम र नेपाल संवत् राखेका संस्थालाइ राेकतोक नगर्न निर्देशन दिएका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५