• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

एन्थ्रोपोलोजिस्ट प्रा.डा.बाल गोपालको सम्पदा संरक्षण र अधिकार सम्बन्धि पुस्तक सार्वजनिक


सुभाय् संवाददाता July 1, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं/ सम्पदा संरक्षण र अधिकारका विषयमा लेखिएको साहित्यकार, मानवशास्त्री डा. बालगोपाल श्रेष्ठको २० औँ कृति ‘हेरिटेज प्रिजर्भेसन एण्ड राइट्स इन नेपाल’ सार्वजनिक भएको छ । कार्यक्रम भर्चुअल रूपमा गरिएको हो ।
असार ९ गते हलि नेवाः दबू (World Newa organization (WNO) को दैनिक प्रशारण डब्लुडिविको एक कार्यक्रम मार्फत डा. बाल गोपाल श्रेष्ठको नयाँ पुस्तक प्रमुख अतिथि अक्सफोर्ड विश्र्वविद्यालयका प्रोफेसर डा. डेभिड गेल्नरले सार्वजनिक गरेका हुन् ।
प्रमुख अतिथि प्रा. डेभिड गेल्नरले डा. बाल गोपाल श्रेष्ठको नयाँ पुस्तक सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले  पुस्तकको महत्व बारे चर्चा गर्दै पुस्तकका लेखक डा. श्रेष्ठको अनुसंन्धानबारे लामो समय देखि आफु जानकार रहेको र सँगै काम पनि गरेको हुनाले उनका लेखनलाई नजीकबाट नियाल्ने मौका आफुले पाएको कुरा बताए  ।
उनले डा. बाल गोपालको लेखनको खुबी बारे प्रशंसा गर्दै उनमा अध्ययन गरेको विषयमा स्थानीयको नजरमा हेर्ने गहन  दृष्टिकोणका साथै त्यही  विषयलाई टाढाबाट पनि तुलनात्मक रूपमा  हेर्न सक्ने एक अनुसन्धानकर्तामा हुनुपर्ने दृष्टि  रहेको बताउँदै उहाँको अन्वेषणमा यी दुबै तत्वको समिश्रण पाउन सक्ने बताए । जुन एक अनुसन्धानकर्ताको निम्ति निकै महत्वपूर्ण छ ।
“डा. श्रेष्ठ आफै एक नेपाली अनुसंन्धाता हुनुभएकोले उहाँको लेखनमा नेपाली समाजबारे जुन गहनता भेट्टाउन सकिन्छ ।  हामी जस्ता विदेशी अनुसन्धानकर्ताले यस्तो किसिमको कार्य गर्न ज्यादै कठिन  कुरा हो।”  प्रा.डा. डेभिड गेल्नरले लेखक डा. श्रेष्ठको अनुसन्धान कार्यको प्रशंसा गरे ।
सार्वजनिक गरिएको पुस्तक बारेमा समिक्षा गर्दै हलिं नेवा दबू (WNO)का अध्यक्ष संयुक्त श्रेष्ठले यस पुस्तकमा लेखकले विभिन्न समयमा प्रकाशित अनुसंधानात्मक लेखहरु एकै ठाउंमा संग्रहित गरेको र यी लेखहरुले नेपालको भाषीय, जातीय अधिकारको आन्दोलन र नेपालको राजनीतिक इतिहास एवम् नेवार जाति भित्र प्रचलित रितिरिवाज, धर्मकर्म तथा मिथकको तथा नेपाल संवत आन्दोलन, आदि बारेमा खोज अनुसन्धान गर्ने जो कोहिको लागि पनि उपयोगी हुने बताए ।
कार्यक्रममा पुस्तक प्रकाशक बज्र पब्लिकेशन प्रा.लि.का अध्यक्ष विदुर डंगोलले डा. बाल गोपाल श्रेष्ठले आफ्नो पुस्तक सार्वजनिक गर्ने अभिभारा आफूलाई दिएकोमा गौरवान्वित भएको बताए  । पुस्तकमा संग्रिहत पाटनको अग्निमथ बारे तथा सोन्ति नख (तिहार) बारेका खोजपूर्ण लेखहरु आफुलाई ज्यादै मनपरेको कुरा जनाउँदै भाषा, कला सम्पदा अनुरागीहरुलाई यो पुस्तक ज्यादै उपयोगि हुने यो पुस्तक प्रकाशन गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा पुस्तकका लेखक प्रा. डा. बाल गोपाल श्रेष्ठले  पुस्तकका बारेमा सहभागीहरुद्वारा राखिएका  प्रश्नहरुको जवाफ दिएका थिए ।

सम्बन्धित पोस्ट
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑