• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित


सुभाय् संवाददाता April 26, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १९ मिनेट

रवि महर्जन ,काठमाडौं /जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित नेपाल भाषाको एउटा इतिहास बोकेको गीत “घा: जुया: जक ख्वैगु ख:”को म्युजिक भिडियो विमोचन गरिएको छ । महर्जन रत्नद्वारा निर्देशित उक्त म्युजिक भिडियो ९० वर्ष पार गरेका जीवन्त इतिहास जनकविदुर्गालाल श्रेष्ठकै समुपस्थितिमा कीर्तिपुर सिनेप्लेक्स , कीर्तिपुरमा बिहीवार भएको हो । गीतलाई प्रस्तुत गर्ने कार्य एन एम म्युजिकले गरेको छ ।
कार्यक्रममा सहभागी हुन पुगेका प्रमुख अतिथि जनकवि श्रेष्ठ  कार्यक्रम स्थल आइपुग्नुहुँदा आयोजकले उहाँलाई द्वारदेखि नैं धिमे बाजा बजाइ फूल वर्षा गर्दै स्वागत गरेका थिए ।
गीत बिमोचनपछि कार्यक्रममा मन्तव्य राख्दै जनकवि श्रेष्ठले यो गीत त्यो समय कोरेको स्मरण गर्नुभयो जुन बेला रेडियो नेपालमा चलिरहेको नेपाल भाषाको कार्यक्रम जीवन दबूलाई गलहत्याएर निकालिएको थियो । यो कार्यक्रम बन्द गरेको बिरोधमा आफूले यो गीत लेखेको बताउँदै उनले गीतको भिडियो बनेकोमा खुशी व्यक्त गरे ।
त्यसैगरी विशेष अतिथि एवं गीतका गायक समेत रहेका पवित्र बज्राचार्यले पनि यो गीत आफूले हरेक आन्दोलनमा गाउँदै आएको र भिडियोको रुपमा गीत आउनु सुखद रहेको बताए । गीतलाई उत्कृष्ट रुपमा भिडियोमा प्रस्तुत गर्न मेहनत गरेका सबैलाई उनले धन्यवाद ज्ञापनका साथै शुभकामना व्यक्त गरे।
वरिष्ठ कलाकार नारायणदेवी प्रधानले दुर्गालाल श्रेष्ठको गीतिनाटक निमन्त्रणामा ५६ वर्ष पहिले गरेको नृत्यांगनाको भूमिका गरेको बेला जनकवि श्रेष्ठले अभिभावकको रूपमा आएको स्मरण गर्दै उनको सृजनामा अभिनय गर्न पाउनु भाग्य नै भएको र आफूसहित यस गीतका निर्देशक कलाकार सबै भाग्यशाली रहेको बताए ।

कार्यक्रम सभाध्यक्ष तथा एन एम म्युजिकका प्रमुख नरेनमानले जनकविको ऐतिहासिक गीतको पुन: रेकर्ड र भिडियो बनाउन गरेको मेहनत बारे प्रकाश पारे ।
प्रसिद्ध रेडियोकर्मी एवं चलचित्र निर्देशक समीक्षक प्रकाश सायमिले म्युजिक भिडियोको समीक्षा गर्दै भिडियो राम्रो बनेको र यसका निम्ति निर्देशक र भिडियोकर्मीहरु धन्यवादका पात्र बनेको तर पंचायतकालिन टाइमलाइन भने अलि स्पष्ट नभएको बताउँदै यसलाई अलि खुल्न सकेको भए अझ राम्रो हुने बताए ।साथै कार्यक्रममा संगीतकार रामप्रसाद मानन्धर तथा समाजसेवी मनोज नेवा: खड्गीले पनि गीतलाई लिएर मन्तव्य राखेका थिए ।
यस म्युजिक भिडियो निर्देशक महर्जन रत्नले एउटा ऐतिहासिक गीत अनि  पहिले नैं लोकप्रियताको शिखरमा रहेको गीतको भिडियो बनाउने ठूलो चुनौती भएको र यसको निम्ति आवश्यक गृहकार्य गरेर मात्र भिडियो निर्देशन गरेको बताउँदै यसको समीक्षाको निम्ति दर्शकहरुको प्रतिक्रिया आउने विश्वास व्यक्त गरे । साथै काममा सहयोग गर्ने आफ्नो टीमलाई धन्यवाद पनि ज्ञापन गरे ।
जनकवि श्रेष्ठको यस बहुचर्चित गीतको म्युजिक भिडियोको निर्देशन महर्जन रत्नले गरेका हुन् भने सह निर्देशन रवि महर्जन , कोरियोग्राफी रन्जु श्रेष्ठको रहेको । क्यामरा र एडिटतर्फको अभिभारा बिके जल्मी र राजेश महर्जनले सम्हालेका छन् । निर्माण व्यवस्थापन लक्ष्मीकुमार महर्जनले गरेका छन् भने निर्माण संयोजन एन एम म्युजिकका तर्फबाट नरेनमानले गरेका छन्।
म्युजिक भिडियोमा वरिष्ठ कलाकार नारायण देवी प्रधान ,रवि डंगोल , मन्जु श्रेष्ठ , लक्ष्मीकुमार महर्जन ,श्याम सुन्दर शिल्पकार, अर्नेश्वरी शिल्पकार लगायतका कलाकरहरुले अभिनय गरेका छन् ।               
गीतले एउटा आन्दोलनको नेतृत्व गरेको छ । हुन त यो भाषिक दमनका कारण त्यस विरुद्ध आवाजको रूपमा विसं २०२२ सालमा लेखिएको हो । तर यो गीत भाषिक आन्दोलनमा मात्र सीमित छैन । यसले भाषिक सांस्कृतिक राजनीतिक आर्थिक आन्दोलनको लागि आवाज उठाएको छ ।त्यसैले भिडियो पनि त्यही किसिमले तयार पारेर पस्केको देखिन्छ ।यो यस गीतको भिडियोको सुमधुर पक्ष हो ।
कार्यक्रमम सुरु हुनुपूर्व आयोजक परिवारको तर्फबाट जनकविदुर्गालाल श्रेष्ठलाई सगुन अर्पण गरेको थियो । Photo support:Bikram Khadgi

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑