• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 11, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस


सुभाय् संवाददाताMarch 30, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

डा. बाल गोपाल श्रेष्ठ

 

सुरुमा यो दिवस केही देशमा रहेका नेवार समुदायले मात्रै मनाएका थिए । आजसम्म अर्थात् सातौँ नेवा दिवससम्म आइपुग्दा भने नेवारहरू पुगेको सबै देशमा यो दिवसलाई कुनै न कुनै ढङ्गले मनाउन थालिएको छ । प्राप्त जानकारी अनुसार यसपालि २० वटा जति देशमा नेवा दिवस मनाइँदै छ । नेवार समुदायका धेरै सदस्य रहेको देश अमेरिका हो । त्यहाँ रहेका थुप्रै नेवार सङ्गठनहरूले यसपालि यो दिवसलाई विभिन्न कार्यक्रम राखेर मनाउँदै छन् । न्युजिल्यान्ड, अस्ट्रेलिया, बेलायत, क्यानडा, नेदरल्यान्ड, जर्मन लगायत देशमा भव्य रूपमा यो दिवस मनाउन थालिएको छ ।

नेपाल संवत् १९३२ को नयाँ वर्ष (अर्थात् सन् २०११) देखि विश्वभर छरिएर रहेका नेवार समुदायले स्थानीय पासापुच गुथिको संयोजनमा लन्डनमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरे । जसले नेवा समुदायको पहिलो अन्तर्राष्ट्रिय सङ्गठन ‘विश्व नेवा सङ्गठन’ (वल्र्र्ड नेवा अर्गनाइजेसन) को घोषणा ग¥यो । स्थानीय पासापुच गुथि तथा विभिन्न देशका नेवार प्रतिनिधि र नेपालबाट पाल्नुभएका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी र विशिष्ट अतिथिहरू (प्रा. माणिकलाल श्रेष्ठ, मानवतावादी नेता पदमरत्न तुलाधर, डा. महेशमान श्रेष्ठ लगायत व्यक्तित्वहरू)को उपस्थितिमा गठित यस सङ्गठनको पहिलो अध्यक्ष हुने सौभाग्य मलाई मिल्यो । हाल विभिन्न देशमा यसका शाखा रहेका छन् भने विभिन्न देशमा रहेका अरु नेवार सङ्गठनसँग पनि ती शाखाले सहकार्य गर्दै आइरहेका छन् ।

यस सङ्गठनको सुरुवातमै विश्व नेवा दिवस मनाउने सोच राखिएको थिएन । दोस्रो सम्मेलन नेपालमा गर्ने योजना थियो । नेपालको राजनीतिक परिस्थिति र २०७२ को भूकम्पका कारण हामीले नेपालमा सम्मेलन गर्न सकेनौँ । अलि ढिलो भए पनि सन् २०१६ मा अमेरिको बाल्टिमोरमा दोस्रो नेवा सम्मेलन भव्य रूपमा सम्पन्न भयो । तीनदिने (मार्चको २५, २६ र २७ तारिख) त्यस सम्मेलनले बाल्टिमोर निवासी सिजन श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति बनायो । त्यो सम्मेलनलाई चीरकालसम्म सम्झनामा राखिराख्ने उद्देश्यले दयारत्न शाक्यको संयोजनमा गठित एक टोलीले सन् २०१८ मार्च ३० देखि अप्रिल १ (तीन दिन)सम्म नेपालमा ‘ग्लोबल नेवा कन्फेरेन्स’ सम्पन्न ग¥यो, जसको आयोजना विश्व नेवा सङ्गठनले गरेको थियो । यही वर्ष मार्चको अन्तिम शनिबार (मार्च ३१ मा) पहिलोपटक काठमाडौँमा ‘विश्व नेवा दिवस’ मनाइयो, विश्व नेवा सङ्गठनको शाखा र नेपालभाषा केन्द्रीय विभागको संयोजनमा ।

नेवारहरू काठमाडौँमा मात्रै सीमित छैनन्, विश्वभरि छरिएर रहेका छन्, विश्वमा उनीहरूका विभिन्न सङ्घ–संस्था पनि छन्, यही अवस्थालाई मध्यनजर गर्दै र सबै नेवा सङ्घ–संस्थालाई समेट्न विश्व नेवा सङ्गठन जन्मेको थियो । सबै नेवारहरू एकत्रित भएर आफ्नो संस्कृतिको स्मरण गरून् भन्ने उद्देश्यले नै हरेक वर्ष अङ्ग्रेजी महिना मार्चको अन्तिम शनिबार विश्व नेवा दिवस मनाउन थालिएको हो ।

नेपालमा जातीय, भाषिक र सांस्कृतिक विभेद विद्यमान छ । राज्यले पनि सोही आधारमा विभेद व्यवहार गरिरहेको हामी पाउँछौँ । त्यसो हुँदा विभिन्न जाति तथा समुदाय राज्यको मूलधारदेखि पछाडि परेको यथार्थ विद्यमान छ । सबै जाति तथा समुदायका भाषा, कला र संस्कृतिलाई राज्यले समान दृष्टिले हेर्नैपर्छ भन्ने माग नेवार समुदायले राख्दै आएको छ ।

विश्वभरि छरिएर रहेका नेवारहरू एकत्रित भएर आफ्नो संस्कृतिको स्मरण गरून् भन्ने उद्देश्यले नै हरेक वर्ष अङ्ग्रेजी महिना मार्चको अन्तिम शनिबार विश्व नेवा दिवस मनाउन थालिएको हो ।
विश्वभरि छरिएर रहेका नेवार समुदायबिच आफ्नो भाषा–संस्कृतिको जर्गेना तथा प्रवद्र्धनका लागि सचेतना जागरण गर्न र नेपालमा राज्यबाट भइरहेको विभेदको अन्त्यको आवाज बुलन्द पार्नका लागि पनि विश्व नेवा सङ्गठनको स्थापना भएको हो । नेवार समुदायले कुनै न कुनै रूपमा आफ्नो पहिचानको गौरव महसुस गर्ने दिनका रूपमा विश्व नेवा दिवस मनाउन आह्वान गरिएको हो ।

जहाँ रहे पनि नेवार समुदायले आफ्नो भाषा–संस्कृति नभुलून्, त्यसको प्रवद्र्धनमा लागिरहून् भन्ने नै विश्व नेवा दिवसको उद्देश्य हो । यस दिन विदेश वा स्वदेशमै बसेका नेवार समुदायले आफ्नो संस्कृति र संस्कार अनुरूपका क्रियाकलाप गरून् भन्ने हेतुले यो दिवस मनाउन थालिएको हो ।

सुरुमा यो दिवस केही देशमा रहेका नेवार समुदायले मात्रै मनाएका थिए । आजसम्म अर्थात् सातौँ नेवा दिवससम्म आइपुग्दा भने नेवारहरू पुगेको सबै देशमा यो दिवसलाई कुनै न कुनै ढङ्गले मनाउन थालिएको छ । प्राप्त जानकारी अनुसार यसपालि २० वटा जति देशमा नेवा दिवस मनाइँदै छ । नेवार समुदायका धेरै सदस्य रहेको देश अमेरिका हो । त्यहाँ रहेका थुप्रै नेवार सङ्गठनहरूले यसपालि यो दिवसलाई विभिन्न कार्यक्रम राखेर मनाउँदै छन् । न्युजिल्यान्ड, अस्ट्रेलिया, बेलायत, क्यानडा, नेदरल्यान्ड, जर्मन लगायत देशमा भव्य रूपमा यो दिवस मनाउन थालिएको छ ।

नेपालको कुरा गर्दा— विश्व नेवा सङ्गठनको नेपाल शाखाले पोहोर साल प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा वसन्तपुरमा एक सार्वजनिक कार्यक्रम गरी नेवा दिवस मनाएको थियो । यसपालि ललितपुरको पाटन दरबार म्युजियममा यो दिवस मनाइँदै छ । त्यहाँ विश्व नेवा सङ्गठन केन्द्रको आयोजनामा नेवा कविता वाचन गरिनेछ । यस्तै, विश्व नेवा सङ्गठन, बेलायत शाखाले नेवार हस्तलिखित साम्रग्री संरक्षण परियोजना थालनी गर्दै छ ।

यस्तै, देशभित्रकै अन्य ठाउँ र देशबाहिरका अन्य ठाउँ जहाँ नेवारहरू छन् भने उनीहरूको सङ्गठन भए वा नभए पनि उनीहरूले आ–आफ्नै तरिकाले यस दिवसलाई मनाउन थालेको पाइएको छ । कतिपयले वक्तव्य निकालेर, कतिपयले कुनै सांस्कृतिक कार्यक्रम वा भेला गरेर वा कतिपयले आ–आफ्नै घरमा नेवा परिकार खाएर यो दिवस मनाउन थालेको पाइन्छ । विश्व नेवा दिवसलाई अझ व्यापक गर्दै लैजान विश्व नेवा सङ्गठनले आह्वान गरेको छ ।

(हाल नेदरल्यान्डमा रहेका विश्व नेवा सङ्गठनका संस्थापक अध्यक्ष डा. श्रेष्ठसँग फेसबुक मेसेन्जरमा गरिएको कुराकानीमा आधारित ।)

साभार: रातोपाटी

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑