काठमाडौ/ नेवा: पत्रकार राष्ट्रिय दबूले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकारितामा क्रियाशील पत्रकारलाई प्रदान गरिएको साधना महिला पत्रकारिता सम्मानबाट ६ जना महिला पत्रकार सम्मानित भएका छन् । सो सम्मान आज उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उहाहरुलाई साधना महिला पत्रकारिता सम्मान गर्नु भएको हो ।
साधना महिला पत्रकारिताबाट सम्मानित हुनेहरुमा पत्रकारमा गोरखापत्र दैनिकका पत्रकार यलु जोशी . नेपाल समाचारपत्रका भगवती तिमल्सिना, नेपाल टेलिभिजनका पवन वर्षा शाह, मेट्रो एफ एमका कार्येक्रम प्रस्तोता रिता महर्जन, नयाँ पत्रिकाका शान्ति तामाङ, स्वतन्त्र फोटो पत्रकार सुनी बनेपाली हुनुहुन्छ ।
उपप्रधान मन्त्री यादवले महिला पत्रकार पत्रकारिता क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा सम्मानयोग्य भएको धारणा राख्नुभयो । “महिलाको उपस्थिति विना कुनै पनि क्षेत्र पूर्ण हुन सक्दैन । त्यसैले महिला पत्रकारलाई सम्मानित गर्न पाउँदा धेरै खुसी लागेको छ” उहाँले भन्नु भयो ।
नेवार समुदायको संस्कृति, परम्पराविना काठमाडौँको अस्तित्व नै नरहने खालि सरह हुने बताउनुभयो । नेवार समुदायले संस्कृति, सम्पदा र परम्पराको रक्षा गरी देशलाई चिनाएको उहाँको भनाइ छ ।
साधना महिला पत्रकारिता सम्मानको यो आठौँ संस्करण हो । सोही अवसरमा दबूको त्रेमासिक प्रकाशनं नेपालभाषा पत्रिका “आज्जु”को उपप्रधान मन्त्री यादवले बिमोचन गर्नुभयो ।
दबूका केन्द्रिय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सो समारोहमा दबूका सह सचिव एवं समारोह संयोजक सुनिता महर्जनले स्वागत र उपाध्यक्ष रचना श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए भने दबूका निवर्तमान अध्यक्ष सुरजबीर बज्राचार्य, कानूनी सल्लाहकार किरन शाक्य , केन्द्रिय सल्लाहकार विजयरत्न असंबरे , दबूका ललितपुर शाखाका अध्यक्ष मन्जु बज्राचार्य लगायतले मन्तव्य राख्नु भएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५