• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह


सुभाय् संवाददाताMarch 4, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

लुम्बिनी/भगवान बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह आइतबारदेखि सुरू भएको छ ।
लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको उद्घाटन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । कार्यक्रममा संघनायक भिक्षु बोधिसेन महास्थबिर लगागत अखिल नेपाल भिक्षु महासंघका पदाधिकारीहरु भिक्षु गण, गुरुमांहरु लामा गुरु तथा बिभिन्न देशका बिहारका धर्मगुरुहरुको पनि उपस्थिति रहेको थियो ।
उद्घाटन दीप प्रज्पलन गरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा संघनायक भिक्षु बोधिसेन महास्थबिरले गर्नुभएको थियो । उद्घाटनको समय थेरबाद परम्परा अनसार मंगलसुत्र पाठ बज्राचार्य गुरुजुहरुको स्वस्तिवाचन तथा महायान परम्परा अनुसार मंगलपाठ गरिएको थियो ।
कार्यक्रममा श्रीलंका राजदुत सुदर्शना पाथिराना पनि सहभागी थिए । त्रिपिटक पाठ प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । पहिलो दिन सुत्त पिटक, दोस्रो दिन अभिधम्म पिटक र तेस्रो दिन विनय पिटक पाठ हुनेछ । गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गर्नुभएको ज्ञान, धर्म देशनाको संग्रह नै त्रिपिटक हो ।
पाठ उद्घाटनपूर्व विहान ८ बजे बाजागाजासहित, भिक्षु भिक्षुणी तथा लामागुरुहरु अनि उपासक उपासिकाहरुको सहभागीतामा शान्ति द्विपबाट शोभा यात्रा निकालिएको थियो । पवित्र गन्थ त्रिपिटकलाई सिँगारपटार गरेर खटमा बोकेर शोभायात्रा मायादेवी र्याली पुगेको थियो । र्यालीले मायादेवी मन्दिर परिक्रमा गरी पाठ स्थलमा शोभायात्रा पुगेको थियो ।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा त्रिपिटक पाठ समारोह गरिएको हो । । पाठ समारोहमा श्रीलंका, थाइल्याण्ड तथा म्यानमारका भिक्षु भिक्षुणीको सहभागिता रहेको छ । त्यस्तै भारतका बौद्ध तीर्थस्थल बोधगया, सारनाथ, कुशिनगर, राजगृह र श्रावस्तीबाट  भिक्षु भिक्षुणी समारोहमा सहभागी हुन आउनुभएको छ ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू गरिएको हो । समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे, चोकी निमा रिन्पोछे , अखिल नेपाल भिक्षु महासंघका संघनायक/संरक्षक भिक्षु बोधिसेन महास्थविर, संघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर, सचिव निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. सुर्वणलाल ब्रज्रचार्य, नेपालका लागि श्रीलंकाका राजदूत लगायतले सम्बोधन गर्नुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका पदाधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बोर्ड सदस्य, स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । फागुन २३ गतेसम्म सञ्चालन हुने त्रिपिटक पाठमा स्वदेश तथा विदेशका भिक्षु भिक्षुणी, उपासक उपासिकाहरुको सहभागिता छ ।

लुम्बिनी भगवान गौतम बुद्धका जीवनीका चार प्रमुख संवेजनीय स्थलमध्ये प्रमुख स्थल हो । यस पवित्र स्थलको महत्व र यहाँको अध्यात्मिक महत्वबारे उजागर गरी बिश्वमा मैत्री र करुणकोे सन्देश फैलाउन त्रिपिटक पाठ समारोह आयोजना गरिएको हो । पाठ कार्यक्रम २२ गते सकिनेछ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑