काठमाडौं / फोनिज र नेवा: पत्रकार राष्ट्रिय दबूले पत्रकार महासंघका पूर्व अध्यक्षहरु बारे लेखिएको पुस्तक “अग्र अनुहार ” विमोचन कार्यक्रममा प्रतिरोध गरेको छ ।
ईतिहास बंग्याइ पत्रकार महासंघका पूर्व अध्यक्षहरूबारे लेखिएको पुस्तक प्रकाशनमा ल्याउन लागेको भन्दै यसो नगर्न सचेत गराउँदा गराउँदै पनि महासंघले यसरी आज माघ २८ गते नेपाल पर्यटन बोर्डको हलमा किताब बिमोचन गर्न खोज्दा यसरी हलभित्र नैं फोनिज र पत्रकार दबूले प्रतिरोध गरेको हो ।
२००८ सालमा नेपाल पत्रकार संघ स्थापना गर्नुहुने संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको नाम नियतवश हटाइ १२ सालकाे ईतिहास कायम गरि नियतवस ईतिहास बंग्याइ पत्रकार महासंघका पूर्व अध्यक्षहरूबारे लेखिएको पुस्तक ‘अग्र अनुहार’ नामक पुस्तक विमोचन गर्न खोजिएको थियो ।
नेपाल पत्रकार महासंघजस्तो सत्यतथ्य खोजेर प्रकाशित गर्नुपर्ने संगठनले यसरी सत्यतत्यलाई बेवास्ता गरि पुस्तक प्रकाशन गर्नु सही नभएको पत्रकार दबूका केन्द्रिय सदस्य रवि महर्जनले बताए । (फोटो : अनुप प्रधान )
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५