• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 20, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

पूर्णमान शाक्य स्मृति कला प्रतियोगितामा ६ जना कलाकार पुरस्कृत


सुभाय् संवाददाता January 21, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / पूर्णमान शाक्य स्मृति कला प्रतियोगिताको दोस्रो संस्करणबाट पौभा पेन्टिङ र मूर्तिकला विधाका ६ कलाकार पुरस्कृत भएका छन् । पौभातर्फ रामप्रकाश श्रेष्ठको ‘आर्यतारा’ले प्रथम, प्रिया शाक्यको ‘भाइरोचना बुद्ध’ले दोस्रो र अमृत डंगोलको ‘अष्टमात्रिका’ले तेस्रो पुरस्कार जितेका छन् । मूर्तितर्फ निरोज शाक्यको ‘शाक्यमुनि बुद्ध’ प्रथम, वीरेन्द्र शाक्यको ‘पद्मसम्भव’ दोस्रो र राजीव तण्डुकारको ‘चक्रसम्भरा’ले तेस्रो पुरस्कार पाएका छन् । प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगदसहित प्रमाणपत्र र मेडलले दिइएको हो । प्रतियोगिताका अन्य सहभागीहरुलाई प्रमाणपत्र दिइएको छ ।

वोधिसत्व फाउन्डेसनले शनिबार कार्यक्रम गरेर ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यद्वारा पुरस्कार वितरण गरिएको थियो । कलाप्रेमी पूर्णमान शाक्यको स्मृतिमा उनको परिवारले वोधिसत्व फाउन्डेसनअन्तर्गत गत वर्षदेखि यो प्रतियोगिता गराउँदै आएको छ । परम्परागत, मौलिक संस्कृति र सम्पदाले धनी नेवार समुदायको कलाको संरक्षण, सवर्द्धन र उत्थान पुग्ने उद्देश्यले प्रतियोगिता गराउँदै आएको वोधिसत्व इन्टरनेशनलकी सहसंस्थापक अञ्जना शाक्यले बताइन् । उनी पूर्णमानकी श्रीमती हुन् । प्रतियोगितामा समावेश कलाकृतिहरुको सिर्जनशील, रचनात्मक, रंग समिश्रण लगायतका मापदण्डका आधारमा निर्णायकले छनोट गरेको उनले बताइन् ।

ललितपुरको पाटनमा जन्मिएका पूर्णमानको पित्तथैली समस्याका कारण तीन वर्षअघि ५८ वर्षको उमेरमा निधन भएको थियो । कला संरक्षणमा पूर्णमानको सपनालाई पूरा गर्न भन्दै उनको परिवारले पाँच महिनाअघि पूर्ण म्युजियम अफ नेवा आर्ट स्थापना गरे ।

पूर्णमान शाक्य स्मृति कला प्रतियोगितामा सामेल गरिएका पौभा र मूर्तिहरुको कुपण्डोलस्थित वोधिसत्व ग्यालरीमा प्रदर्शनी भइरहेको छ । प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ ।

सम्बन्धित पोस्ट
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”

    सुभाय् पोस्ट बिशेष

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑