• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

भालुवाङमा पालिकास्तरीय पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला शुरु


सुभाय् संवाददाताDecember 22, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २१ मिनेट
नेपाल पर्यटन बोर्ड, पुष ६,काठमाण्डौं/ भालुवाङमा पालिकाका पर्यटकीय स्थलको बजारीकरण तथा प्रचारप्रसार हुने अपेक्षा लिइ नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय– लुम्बिनी प्रदेशको समन्वयमा लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला शुरु भएको छ ।
लुम्बिनी प्रदेशका २१ वटा स्थानीय सरकार (नगरपालिका-गाउँपालिका) अन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखा-योजना शाखासंग सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको परियोजनाले जानकारी दिएको छ । कार्यशालामा पर्यटनको विकास ,पर्यटन रणनीति , पर्यटन नीति ,पर्यटन कार्ययोजना तथा पर्यटकिय गन्तव्यहरूको ब्रान्डिङ रणनीतिहरु, पर्यटन प्रवर्द्धनका लागि आम सञ्चार माध्यमहरुसंगको सहकार्य लगायतका विषयवस्तुमा छलफल गरिनुका साथै पर्यटनको प्रडक्ट निर्माण तथा बजारीकरणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू विकाश गर्न तथा स्थानीय तहमा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजना निर्माण तथा कार्यान्वयनका विषयमा छलफल हुनेछ । कार्यशालामा लुम्बिनी प्रदेश अन्तरगत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह, कोटहीमाई, रामग्राम , घोराही, लमही, तुलसीपुर, राप्ती, दाङ्ग, बैजनाथ र ठाकुरद्धारा , पुथा उत्तरगंगा, सिंस्ने, रुन्टिगढि, बढैयाताल, स्वर्गद्धारी , झिम्रुक, राजापुर, तिनाउ, रेसुङ्ग, र छत्रदेव नगरपालिका ÷ गाउँ पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो । कार्यशालामा नेपाल सरकारका पूर्व सहसचिव तथा सहजकर्ता रमेश कुमार अधिकारीले पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाका विषयमा प्रस्तुतिकरण गर्दै पर्यटनका लागि हरेक पालिकाको स्पष्ट नीति र कार्यनीती आवश्यक भएको बताउनु भयो । नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले पर्यटन प्रवद्र्धन , ब्रान्डिङका विषयमा प्रस्तुतिकरण गर्दै आफ्नो स्थानीय तहमा भएका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्दै यसको बजारीकरण गर्नु पर्ने बताउनु भयो । नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा उप प्राध्यापक टि.पि. भुसालले पर्यटन प्रवद्र्धनधनमा आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख्य गर्दै पर्यटनमा सञ्चारको भूमिका , सामाजिक सञ्जालको प्रयोग र सञ्चार क्षेत्रसङको सहकार्य लगायतका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा पर्यटन विभागका अधिकृत प्रयास भट्टराइले विभागले चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशका विभिन्न पालिकामा भइरहको कार्यबारे जानकारी दिँदै पूर्वाधार विकासमा पालिकाहरुसंग भएको सहकार्यबारे प्रकाश पार्नु भएको थियो । यस्तै उद्योग पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय लुम्बिनीका अधिकृत गणेश घिमिरेले प्रदेश पर्यटन मन्त्रालयको पर्यटनयोजना लगायतका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यशालामा शनिवार सहभागी जन प्रतिनिधि तथा कर्मचारीहरुले आ–आफ्नो पालिकाको पर्यटन नीति, कार्ययोजना निर्माण तथा सञ्चार सहकार्यका विषयमा रणनीति तयार पार्ने तथा त्यसको कार्यान्वयनको खाका तयार पार्नेछन् । कार्यशालामा सहभागीहरुले कार्यशालाबाट आफुहरुले आ–आफ्नो पालिकामा रहेका पर्यटकीय सम्भावनाको कसरी बजारीकरण तथा प्रचारप्रसार गर्न सकिन्छ भन्ने कुराको ज्ञान प्राप्त भएको बताउँदै अब आफुहरुले पनि सोही अनुरुप पर्यटन रणनीति तयार पार्ने बताउनु प्रतिक्रिया दिनुभयो । परियोजनाले यस अघि कोशी,मधेस,सुदुपश्चिम र कर्णाली प्रदेशमा कार्यशाला सम्पन्न गरिसेकेको छ भने यस पछि गण्डकी र बाग्मतीमा कार्यशाला आयोजना गरिने कार्यक्रम रहेको जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजनाका जीबीकोपार्जन विज्ञ तथा परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले जानकारी दिनुभयो ।
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑