काठमाडौं / बि.ए तेस्रो बर्षमा नेपाल भाषा अध्यापनका निम्ति काठमाडाैंकाे प्रर्दशनी मार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा विषयमा शिक्षिकाको रुपमा श्रमिला सुवाल नियुक्त गरिएको छ ।
कार्तिक २४ गते देखि शिक्षिका सुवालले बिहानी सत्रमा बि.ए. तेस्रो बर्षका निम्ति अध्यापन गराउँदै आइ रहेका छ ।
शिक्षिका सुवालले भनिन् ‘मातृ भाषा रहेसम्म मात्र सम्पूर्ण नेपालीहरुको अस्तित्व रहिरहन्छ त्यसमा पनि नेपालभासा देशलाई छुट्टै देश भनेर चिनाएका भाषा मध्ये एक हो । यस मातृभाषा संरक्षण अभियानमा सकृय रुपमा अभियान चलाइरहनु भएको अभियान्ताहरुले धेरै भन्दा धेरै दुखः गरी पुनः स्थापना गरी इतिहास कायम गरी नेपाल भाषा पढाइ अध्यापन गराउन सफल भयो ।
तसर्थ मातृभाषा लगायत नेपाल भाषाको सम्बद्धन, प्रर्वद्धन तथा विकासका निम्ति भाषा अनुरागी तथा शुभचिन्तकहरुले आ—आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने धारणा राखिन् ।
रत्न राज्य लक्ष्मीका क्याम्पस सहायक प्रमुख गोबिन्द आचार्यका जानकारी दिए अनुसार, नेपाल भाषा विषय पढनपाठनका निम्ति विद्यार्थीहरुलाई प्रशासनको तर्फबाट सहयोग गर्ने आश्वासन दिनु भयो ।
पाठयपुस्तक लगायत विविध सामग्रीको व्यवस्था गरिने जानकारी दिनु भयो ।
मातृ भाषा बचाउ तथा नेपाल भाषा अभियन्ताहरूका अनुसार यदि देशमा रहेका सम्पुर्ण मातृभाषाहरूलाइ बचाउने हो भने सरकारको तर्फबाट अनिवार्य रूपमा ठोस् निति नियम नै लागु गर्नु पर्ने बताए ।
हाल यस क्याम्पसमा नेपालभाषा कक्षा संचालनका लागि दश जना विद्यार्थीहरु भर्ना भएको खण्डमा मात्रै कक्षा सञ्चालन गर्न सकिने क्याम्पस प्रशासनले जानकारी दिएका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५