• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

६ कलाकारलाई सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान


सुभाय् संवाददाताJuly 3, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौँ । नेपाली सङ्गीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पुर्याएका विभिन्न स्रष्टाहरू ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’बाट पुरस्कृत भएका छन् ।

उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित एक समारोहमा सम्बन्धित कलाकारहरूलाई पुरस्कृत गरेका हुन् । पुरस्कार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा हालै घोषणा गरिएको थियो ।

उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्व आयोजित एक समारोहमा   रहेको कार्यक्रममा पुरस्कृत हुने स्रष्टामा ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ लोक सङ्गीत विधाबाट वरिष्ठ लोक गायक नवीन किशोर राई, ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ सङ्गीत विधाबाट वरिष्ठ गायक ÷सङ्गीतकार तथा गीतकार गणेश रसिक रहेका छन् ।
यस्तै परम्परागत तथा शास्त्रीय सङ्गीत विधाको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’बाट वरिष्ठ सङ्गीतज्ञ विजयकुमार श्रेष्ठ नेपाल पुरस्कृत भए । समारोहमा त्यसैगरी रङ्गमञ्च विधाबाट ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ अग्रज रङ्गकर्मी भैरव क्षत्री र नृत्य विधाबाट ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरियो ।
उक्त अवसरमा ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ नाट्य विधाबाट नाट्य अनुसन्धाता प्रा.डा. रामचन्द्र पोखरेललाई अर्पण गरियो । पुरस्कृत ६ जना कलाकारलाई नै जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्र र दोसल्लाबाट पुरस्कृत गरिएको हो । सो पुरस्कार उपराष्ट्रपति यादव र कुलपति शर्माले प्रदान गरे ।
समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहाय यादवले भने, ‘प्रतिष्ठानले अब संवैधानिक व्यवस्था अनुसार आफूलाई थप परिमार्जित, परिष्कृत र फराकिलो बनाउँदै नेपालका सबै भूगोल, भूभाग, क्षेत्र र भाषागत समूहका सांस्कृतिक पहिचानका रूपमा रहेका गीत, सङ्गीत, नृत्य, नाट्यका विविध विधाहरू (प्राचीन, रैथाने, लोक, परम्परागत, शास्त्रीय आदि) लाई थप समृद्ध र उन्नत बनाउन सक्नु पर्दछ ।’
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वर्षौँदेखि यो क्षेत्रमा सक्रिय रहेर योगदान पुर्‍याएकाेमा खुशी व्यक्त गदै उपराष्ट्रपति यादवले भने, ‘ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली सङ्गीत, नृत्य, नाटक, रङ्गमञ्च, परम्परागत तथा शास्त्रीय सङ्गीत एवम् लोक सङ्गीत तथा नाट्य विधामा विशिष्टता हासिल गर्ने विशिष्ट साधक, प्रतिभा र स्रष्टाहरूलाई गर्दै आएको सम्मानले राष्ट्रको गरिमालाई अक्षुण्ण बनाई राख्न सहयोग पुग्ने विश्वास मैले लिएको छु ।’
अध्यक्ष एवं कुलपति निशा शर्माले प्रतिष्ठानको पछिल्लो कार्यको बारे जानकारी गराउँदै स्रष्टाहरूलाई पुरस्कृत गर्दा स्रष्टामा अझ ऊर्जा बढ्ने विश्वास व्यक्त गरिन् । उनले पुरस्कृत स्रष्टा तथा कलाकारलाई सम्मानित हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिएका थिए भने समारोहलाई सदस्य सचिव कुस्मा महराले सहजीकरण गरेकी थिइन् । समारोहमा सम्मानित हुने स्रष्टाको ताम्रपत्र पढेर सुनाइएको थियो ।
पुरस्कृत स्रष्टाहरू मध्यबाट बोल्दै गायक गणेश रसिकले आफू विगतमा प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएको नाताले हाल प्रज्ञा प्रतिष्ठान आफ्नै भवनबाट सञ्चालन भएकोमा खुसी लागेको बताए । नाट्य सङ्गीत क्षेत्रमा आजीवन योगदान पुर्याएका कलाकारलाई प्रतिष्ठानले आजीवन सदस्य बनाउन पनि उनले अनुरोध गरे ।
यस्तै प्राज्ञ टीका पुनले नवीन किशोर राई, प्राज्ञ बखत बहादुर हमालले कुलमान नेपाली, प्राज्ञ कर्ण गौतमले गणेश रसिक, प्राज्ञ चेतन सापकोटाले भैरव क्षेत्री, प्राज्ञ डक्टर राईले विजय कुमार श्रेष्ठ तथा प्राज्ञ हिसन मगरले प्रा.डा. रामचन्द्र पोखरेललाई प्रदान गरिएको ताम्रपत्र पढेर सुनाएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तछाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा तीन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू, नेपाली सङ्गीत, नृत्य तथा नाटक विधाका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारहरूको उपस्थिति रहेको थियो ।

NEWS COURTESY

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑