• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

कसलाइ दिने दोष ?


सुभाय् संवाददाताAugust 13, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

डा.रोशन श्रेष्ठ

सामाजिक संजाल
फेसबुकमा थुप्रै खाले जानकारीहरु पाइन्छ।
जस्तै:
* तात्तातो समाचार पाइन्छ
* स्वास्थ्य सल्लाह पाइन्छ
*फरक ढंगको विश्लेषण पाइन्छ
*उपयोगी बनस्पतिबारे जानकारी पाइन्छ
*नयाँ गीत, संगीत, फिल्मको सुचना पाइन्छ
*साथी समाजमा घटीरहेको घटना थाहा पाइन्छ
*जन्म मृत्यु विहे व्रतवन्ध पास्नी भोज जाँचपास बारे नसोधिकनै थाहा पाइन्छ
* घुम्न हिडेका आफन्तहरुको मस्ति थाहा पाइन्छ
*संसारमा कस्ता कस्ता प्रगति भए हेर्न पाइन्छ
*चाडबाड आयो थाहा पाइन्छ
*चाडबाडमा के के खाने के के नखाने थाहा पाइन्छ
*चाडबाड कसरी मनाउने, किन मनाउने, कसले मनाउने थाहा पाइन्छ
*देवि देउताको महत्त्व बुझ्न पाइन्छ
*परम्परागत संस्कार भजन संगीत आदि बारे थाहा पाइन्छ
* बिपद आपतका कुरा थाहा पाइन्छ
* हराएका आफन्त, बालबच्चा बारे सुचना पाइन्छ
*नेताहरुलाइ उडाएको हाँसोलाग्दो फोटो भिडियो पाइन्छ
*लुकाइएका इतिहासहरु उधिन्न पाइन्छ
*भ्रमहरु निवारण गर्न पाइन्छ
*मनोरञ्जनको खुराकहरु मनग्य पाइन्छ
*घोचपेच ब्यंग्य र आलोचनाहरु थाहा पाइन्छ
* दबिएका कलाकारहरुका मौलिक कला हेर्न सुन्न पढ्न पाइन्छ
*बिरलै पाइने जानकारीहरु थुप्रै पाइन्छ
सबभन्दा महत्त्वपूर्ण कुरा – ती जानकारीहरु सित्तैमा पाइन्छ।
ती जानकारीहरु हेर्दा एउटा अचम्म लाग्दो परिणती देखिन्छ। जति जति कामलाग्दा जानकारीहरु हुन्छन् त्यति त्यति ती जानकारीहरु थोरै मान्छेले मात्र प्रतिक्रिया दिएको हुन्छ। जति जति फन्टुस र बिनामतलबको जानकारीहरु हुन्छन् त्यति त्यति ती जानकारीहरु धेरै मान्छेले प्रतिक्रिया दिएको हुन्छ।
यस्तैमा मैले २ वटा पोस्टहरु देखें।
मेरो लागि त्यो पोस्ट ‘आवा न चावा’ को पोस्ट हो। त्यस्तो पोस्टमा समय लगाउनु भनेको व्यर्थ हो। तर त्यो पोस्टमा ४ दिन भित्र करीब ३० हजार लाइक आएको रहेछ भने हज्जारौं हज्जार शेयर पनि भएको रहेछ। भनौं न, त्यो भाइरल पोस्ट नै हो।
के लेखिएको होला त्यो पोस्टमा?
गेस गर्न सक्नु हुन्छ?
एउटा त्यस्तो पोस्टबारे बताउँदैछु । त्यो पोस्टमा यति मात्र लेखिएको थियो
‘छोरीलाइ माया गर्नु हुन्छ भने छोरीको नाउँमा एक लाइक ठोक्नुस’
यस्तो पोस्टले के ज्ञान दिन्छ र? तैपनि त्यो पोस्टमा हज्जारौं लाइक शेयर थियो। त्यस्तै कसैले ‘आमाको माया गर्नेले एक लाइक ठोक्नुस’ भन्यो भने पनि त्यस्तै हुने होला।
यस्तो पाङ्दुरे चरित्र संसारैभरी फैलिएको छ कि, नेपालीहरुमा मात्रै फैलिएको छ, त्यो त खोजबिन गरिएन। तर आइक्यू नै कमजोर भनिएको नेपालीहरुमा रहेको यस्तरी आवा न चावाको पोस्टहरुमा आकर्षित हुने पाङ्दुरे चरित्रले धेरै कुरा बताइरहेको छ।
जनता जस्ता हुन्छन्, त्यहाँ शासन गर्ने शासक पनि त्यस्तै हुन्छन्। अनि, तेसो भए, नेतालाइ मात्र गाली गरेर के फाइदा? हैन त?
कुरा बुझौं, मुसुमुसु हाँसौं।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑