• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने


सुभाय् संवाददाता March 29, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौँ / नेपालको गौरवको रूपमा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको प्रवर्द्धनका लागि अन्तराष्ट्रिय शान्ति मेला (First Lumbini Intrnational Peace Festival)
आयोजना गरिने भएको छ । लुम्बिनीको धार्मिक , संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार गर्न ध्यान, म्याराथन दौड र सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिएकोको हो ।

काठमाडौँको एम्बेसडर होटल लाजिम्पाटमा आज शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी विकास कोषले संयुक्त रुपमा मेलाको आयोजना गर्न लागेको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा जानकारी गराउने क्रममा चिनियाँ राजदूतावासको काउन्सिलर वांग सिनले लुम्बिनीको थप ब्राण्डिङ गर्न, नेपालको पर्यटन प्रवर्द्धन गर्न र विश्वमा मैत्री बढाउन लुम्बिनीमा साँस्कृतिक र खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

मेलाको कार्यक्रम तालिका अनुसार आगामी शुक्रबार विहान भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान शिविर सञ्चालन हुनेछ । यो करीव दुई घण्टाको अवधिको हुनेछ । ध्यानमा भिक्षुभिक्षुणी,सर्वसाधारण उपासक उपासिकाहरुको सहभागिता रहने बताइएको छ ।

यसैक्रममा शनिबार विहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमीटरको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड गरिने छ । पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बाकाथन पनि प्रतियोगितामा समावेश गरिएको छ ।

लुम्बिनी स्क्वायर थियटरमा शनिबार साँझ लुम्बिनी पिस कन्सर्टको रुपमा मनोरञ्जनात्मक प्रस्तुती देखाइने छ । कन्सर्टमा चिनियाँ क्लासिक गीत, बुद्धधर्मसँग सम्बन्धित संगीत र नेपाली लोक गीतलगायतका सांस्कृतिक प्रस्तुति समावेश गरिने छन् ।साँस्कृतिक प्रस्तुतिका लागि चिनियाँ गायिका उलान थुया र कलाकार लु निङ, नेपाली गायिका आनि छोइङ् डोल्मा र लुम्बिनीकास्थानीय कलाकारले प्रस्तुति दिनेछन् । करिब २ हजार दर्शकले सो सांस्कृतिक कार्यक्रम हेर्ने अनुमान गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी कोषका सदस्यसचिव सानुराजा शाक्य र नेपाल पर्यटन बोर्डकी कामु प्रमुख कार्यकारी अधिकृत नन्दिनी थापाले लुम्बिनीमा आयोजना गरिने शान्ति मेलाले ध्यान, धर्म, संस्कृति, खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रियरूपमा नेपालको पर्यटन प्रवर्द्धन गर्न ठूलो मद्दत पुग्ने उल्लेख गरे । सो अवसरमा विभिन्न विधाका कार्यक्रममा लागि तयार पारिएका फरक फरक लोगोहरू पनि सार्वजनिक गरिएको थियो । लुम्बिनीको प्रवर्द्धनका लागि यो कार्यक्रम राम्रो सुरुवातको रूपमा जानेछ भनी अपेक्षा गरिएको छ ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑