• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

झापाको ‘किच्चकबध’ स्थल २२ सय वर्ष पुरानो प्रमाणित


सुभाय् संवाददाताMarch 24, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण गर्दा उक्त तथ्य फेला परेको हो ।

महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवमध्येका भीमसेनले किच्चकको बध गरेको स्थानका रुपमा यो स्थान चर्चित छ । पुरातत्व विभागले यहाँ विसं २०५८ देखि हालसम्ममा सातौँ पटक उत्खनन गर्दा विभिन्न सामग्री भेटिएका थिए । उत्खननका क्रममा भेटिएका प्राचीन सुराहीलगायत माटो र धातुका भाँडावर्तन, गहना र इँटा सङ्कलन गरेर कार्बन परीक्षण गर्दा किच्चकबधस्थल इशापूर्व एक सय २० देखि दुई सय वर्ष पुरानो प्रमाणित भएको प्रसिद्ध पुरातत्वविद् उद्धव आचार्यले बताएका छन् । विसं २०५८ देखि किच्चकबध स्थलमा पुरातत्वविद् आचार्यकै नेतृत्वमा सातौँ चरणको उत्खनन कार्य जारी रहेको छ ।
“यसअघि छ पटकसम्म उत्खनन् गर्दा भेटिएका प्राचीन वस्तुको कार्बन परीक्षण गराइसकेका छौँ”, आचार्यले भने, “त्यसबाट भेटिएका सामग्री दुई हजार दुई सय वर्ष पुरानो भएको पुष्टि भइसक्यो । यसपालीको सातौँ पटकको सामग्रीको परीक्षणपश्चात् अझ नयाँ तथ्य खुल्दै जाने अपेक्षा गरेका छौँ ।” यसपाली चैत २ देखि सुरु भएको उत्खनन् चैत १८ गतेसम्म जारी रहने उनले जानकारी दिए ।
उत्खननका लागि आचार्यको नेतत्वमा पाँच जनाको टोली सक्रिय छ । टोलीले किच्चकबधस्थलमै बसेर दिनभर उत्खनन कार्य गरिरहेको छ । किच्चकबधस्थललाई धार्मिक तथा ऐतिहासिकस्थलका रुपमा प्रचार गरिँदै आए पनि पुरातत्व विभागले त्यसको आधिकारिक समय गणना भर्खरै सम्पन्न गरेको इतिहासकार एवं मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख चिन्तामणि दाहालले बताए ।

“यो स्थल दुई हजार दुई सय वर्ष पुरानो हो भनेर प्रमाणित हुनु ज्यादै खुसीको कुरा हो”, सातौँ चरणको उत्खननका लागि आएको पुरातत्व विभागको टोलीसँगको भेटपछि दाहालले भने, “थाइल्यान्ड, भारतलगायतका मुलुकमा गरिएको वैज्ञानिक परीक्षणले अब किच्चकबध स्थलको महत्व बढेको छ । यो स्थल धेरै पुरानो हो भन्नेमा अब अन्योल रहेन ।”

पुरातत्वविद् उद्धव आचार्यले नै सुर्खेतको ऐतिहासिक काँक्रेविहारस्थलको ऐतिहासिकताको प्रमाणिक खोज गरेका थिए । किच्चकबधस्थलमा सुरुदेखि नै आचार्यले उत्खननको नेतृत्व गरेको हुँदा यसको अन्तिमसम्म उनले नै उत्खनन् गर्ने दाहालले बताए ।
किच्चकबधस्थल १० बिघा क्षेत्रफलमा फैलिएको छ । जहाँ पुरानो र नयाँ गरी दुई वटा किच्चकबधको मूर्ति छन् । त्यसैगरी मानव निर्मित मन्दिर, पोखरी र सभाहल छन् । उत्खनन भइरहेको सीमाभित्र मानव निर्मित सभाहल र मूर्ति रहेकाले त्यसलाई अन्यत्र सारिदिन उत्खनन टोलीले आग्रह गरेको दाहालले बताए ।

सरकारले उत्खननलाई निरन्तरता दिइरहे तापनि पर्याप्त बजेट नपठाउँदा क्रमागतरुपमा उत्खनन् गर्नु परिरहेको दाहालले गुनासो गरे । जमिनको पहिलो तहको उत्खननबाट फेला परेका वस्तुको कार्बन परीक्षणबाट यसस्थल दुई हजार दुई सय वर्ष पुरानो समय गणना भएको जनाउँदै उनले अझ एक तहमुनि पनि प्राचीन वस्तु भेटिन थालेको हुँदा सरकारले उत्खननका लागि पर्याप्त बजेट उपलब्ध गराउनु पर्ने खाँचो देखिएको बताए ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी दुई हजार पाँच सय वर्ष पुरानो भएजस्तै किच्चकबधस्थल दुई हजार दुई सय वर्ष पुरानो पुष्टि भएकाले यसलाई पर्यटकीय दृष्टिले मुलुककै आकर्षक गन्तव्यस्थलका रुपमा चिनाउन सकिने उनको धारणा छ । किच्चकबधस्थलको रेखदेख स्थानीय संरक्षण समितिले गर्दै आएको छ । समितिले विभिन्न स्रोत जुटाएर घेराबेरालगायतका संरचना निर्माण गरेको छ ।

सो स्थानमा फेला परेका प्राचीन पर्खाल, इँटालगायत उत्खननस्थलको उचित ढङ्गले संरक्षण हुनसकेको छैन । आन्तरिक पर्यटकले जथाभावी कुल्चिने र स्थानीय समितिले गुरुयोजनाबिना भौतिक संरचना निर्माण गरिदिँदा पुरातात्विक सामग्री नष्ट हुने जोखिम बढेको छ । स्थानीय पालिका र प्रदेश सरकारले समेत उक्त ऐतिहासिक स्थानको संरक्षण र उत्खननमा ध्यान दिन आवश्यक भइसकेको छ ।

सम्बन्धित पोस्ट
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑