• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा ५० वर्ष बिताएका प्रधान दम्पतीलाई सम्मान


सुभाय् संवाददाता February 27, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

सिड्नी/अस्ट्रेलियामा बसाइसराइको इतिहासमा पचास वर्ष पुगेको उपलक्ष्यमा सिड्नीमा पहिलो नेपाली जोडीलाई विशेष कार्यक्रमबीच अभिनन्दन गरिएको छ।

स्थानीय लुक्ला टिभी र भिजन फर मोटिभेसनले एक समारोहबीच पचास वर्ष पहिले पहिलो नेपाली जोडीका रूपमा बसाइसराइ गर्ने नारायण प्रधान र लीला प्रधान र केहीपछि अस्ट्रेलिया आएकी इन्द्रा वनलाई अभिनन्दन गरिएको हो।

अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, लिबरलका मल्टिकल्चर छाया मन्त्री मार्क कुरे, एनएसडब्लु विपक्षी दलका नेता मार्क स्पीकम्यान तथा सत्तारूढ लेबरका नेता मार्क बटिगेग तथा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले प्रधान दम्पती र इन्द्रा वनलाई अभिनन्दन गरेका हुन्।

प्रधान दम्पती सन् १९७४ को फेब्रुअरी महिनामा स्कटल्यान्डबाट आवासीय भिसा प्राप्त गर्दै अस्ट्रेलियाको मेलवर्न आएका थिए। यस्तै, सन १९७५ मा इन्द्रा वन पनि आवासीय भिसा लिएर अस्ट्रेलियाको सिड्नी आएकी थिइन्। यसअघि विद्यार्थी र छात्रवृत्तिमा केही नेपाली अध्ययनका लागि आएता पनि पढेर फर्केको तथ्यांकले देखाउँछ। त्यति बेलासम्म अस्ट्रेलियाको आवासीय नीतिमा विदेशीहरूको लागि खुलापन नआइसकेका कारण धेरै पढेर फर्केका हुन्। आयरल्यान्डबाट पिएचडी गरेका प्रधानलाई अस्ट्रेलियामा विशेषज्ञको रूपमा जागिर दिएपछि उनी परिवार लिएर आवासीय रूपमा मेलवर्न आइपुगेका हुन्।

अस्ट्रेलियामा नेपालीहरूको बसाइसराइको पचास वर्षको इतिहास आफैंमा गौरवपूर्ण रहेको र नेपाली समाजले यसरी अभिनन्दन गर्नु आफ्नो लागि अविस्मरणीय क्षणका रूपमा रहेको प्रधानले बताए।

प्रधानले भने, ‘हिजोको दिनको सम्झना गर्दा नेपाली बोल्ने साथीभाइ खोज्न महिनौं कुर्नुपथ्र्यो तर अहिले जताततै जुन पेशामा पनि नेपाली भेटिन्छन्, यही नै खुसीको कुरा हो।’
अर्की सम्मानित व्यक्तित्व इन्द्रा वनले आखाभरी आँसु पार्दै भनिन्, ‘हामी परदेशमा रमाए पनि जन्मथलो र मातृभूमिप्रति सधैं ऋणी छौं, आज अस्ट्रेलियामा आएको पचास वर्ष पुगेछ, नेपाली समाजले सम्झियो, हामी धन्य भयौं।’
एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले इतिहासलाई सम्मान गर्न सकिएन भने वर्तमान पनि खल्लो हुने बताए।
‘भोलिको पुस्ताले अस्ट्रेलियाको नेपालीको इतिहास खोज्दै गर्दा हामीले सुनाउने कथा गौरवशाली बन्नुपर्छ र आजको कार्यक्रमले यसलाई स्थापित पारेको छ,’ पोखरेलले भने।

कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक दिनेश पोखरेलले बसाइसराइको पचास वर्ष अस्ट्रेलियामा बस्ने सबै नेपालीका लागि महत्वपूर्ण चाडको रूपमा रहेको बताउँदै नारायण प्रधान र इन्द्रा वन नेपाली समुदायका अभिभावक रहेको बताए। समुदायको सम्पत्तिका रूपमा यस्ता व्यक्तित्वहरूलाई अभिनन्दन गर्न पाउनु महत्वपूर्ण क्षणका रूपमा रहेको उनले बताए।(साभार)

सम्बन्धित पोस्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • कोलाज
  • सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
  • संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑