• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 24, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’


सुभाय् संवाददाताJuly 18, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३९ मिनेट
‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो हङकङमा प्रदर्शन भएको छ । विजेता भिडियोहरू आइतबार साँझ हङकङस्थित हेनरी जि लियोङ हल, याउ मा तेईमा प्रदर्शन गरिएको हो ।
नेपालको सांस्कृतिक विविधतालाई बाहिर देखाउन सकेनौँ भने हाम्रो भाषा संस्कृति नेपाल बाहिर कतै पनि जान सक्दैन । नेपालमा त्यस्ता धेरै सुन्दर पर्यटकीय स्थलहरू छन् जसलाई यस भिडियो च्यालेञ्जले प्रवर्द्धन गरिरहेको छ ।
‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ नाम दिइएको यो कार्यक्रम वि विल राइज फाउन्डेसनका अध्यक्ष तुलसी कुमार गुरुङले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरू प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताबाट आएका वृत्तचित्रलाई विश्वमाझ पुर्याउने यो अर्को प्रयास भएको बताए । ‘नेपालको सांस्कृतिक विविधतालाई बाहिर देखाउन सकेनौँ भने हाम्रो भाषा संस्कृति नेपाल बाहिर कतै पनि जान सक्दैन । नेपालमा त्यस्ता धेरै सुन्दर पर्यटकीय स्थलहरू छन् जसलाई यस भिडियो च्यालेञ्जले प्रवर्द्धन गरिरहेको छ ।’ उनले अघिल्लो पटकको उदाहरण दिए, ‘२०१९ को भिडियो च्यालेञ्जबाट लमजुङको राइनस र तनहुँको मनाङ कोट धेरै नै चर्चामा आएका थिए, तर तीन वर्षपछि तिनीहरू सेलाउँदै गए । किनभने ती ठाउँहरूलाई प्रवर्द्धन गर्ने तरिका भएन, मार्केटमा ल्याउन सकिएन ।’ उनले यस फिल्म फेस्टिभलले नेपालको कुना कन्दरामा रहेका पर्यटकीय महत्वका नवीन थलोहरू एवं कला संस्कृतिलाई विश्वभर उजागर गर्न सघाउनेमा जोड दिए ।
हामी प्रवासमा जन्मेर हुर्किएका छौँ, कतिपयले हङकङलाई कर्मथलो बनाएर यहाँ बस्दै आएका छौँ । यस वृत्त चित्रबाट हामी नपुगेका र नदेखेका ठाउँहरूको बारेमा पनि जान्ने र बुझ्ने मौका पाएका छौँ ।
त्यस्तै, हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत उदय बहादुर राना मगरले ‘हामी उठ्ने छौ’ भन्ने नाराका साथ फाउन्डेसनले सिंगो नेपाललाई देश विदेशमा पुर्याएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । ‘हामी प्रवासमा जन्मेर हुर्किएका छौँ, कतिपयले हङकङलाई कर्मथलो बनाएर यहाँ बस्दै आएका छौँ । यस वृत्त चित्रबाट हामी नपुगेका र नदेखेका ठाउँहरूको बारेमा पनि जान्ने र बुझ्ने मौका पाएका छौँ ।’ उनले भने, ‘आगामी दिनमा नेपालको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यलाई देश विदेशमा प्रचार गर्ने काममा यहाँहरूको संस्था लागिरहनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’
हङकङस्थित विभिन्न संघसंस्था सहभागी भएको कार्यक्रमको सञ्चालन फाउन्डेसनका इभेन्ट म्यानेजर प्रभात रिमालले गरेका थिए ।
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि जितेको टिम डुलुवाको ‘दि नर्थन वाल’, ‘जजेज च्वोइस अवार्ड जितेको आर्यन कुँवरको ‘मयूरी चाल’ , टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’– ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’, ‘फ्युचर स्टार अफ दि इयर’–आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाईस ओभर’–रुमन थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेश कुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’–सन्तोष मालेकका दश विधाका भिडियो प्रदर्शन गरिएको थियो ।
फेस्टिभलमा हङकङ नेपाली महासंघ, एनआरएनए हङकङ, मितेरी सेवा समिति पोखरा हङकङ, नेपाली क्लब हङकङ, ओम नमो बुद्ध आमा समूह, कोन्मै घोथाने गुरुङ समाज, नादा समाज हङकङ, राइज मिडिया नेटवर्क र नेपाल पर्यटन बोर्डको सहकार्य रहेको थियो । मिडिया पार्टनरमा एचके नेपाल डट कम, एनएचडीडी स्टुडियो, एच के ट्युब नेपाल अनलाइन र मेरो लाइफस्टाइल थिए ।
‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ हङकङपछि संसारका विभिन्न मुलुकहरू आयोजना गरिने आयोजक वि विल राइज फाउन्डेसनले जनाएको छ ।
-मेनुका छन्त्याल
couresy:merolifestyle.com and hknepal.com
सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑