• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

प्रवासका नेपालीहरु बीच सम्बन्ध जोड्ने काम पत्रकारले नै गरेका छन


सुभाय् संवाददाताMay 17, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

सिड्नी/ वरिष्ठ पत्रकार हरिबहादुर थापाले व्यावसायिक र मर्यादित पत्रकारितामार्फत् समाजलाई सुसूचित पार्नुपर्नेमा जोड दिएका छन्।                                    नेपाल न्यूज अष्ट्रेलियाको १० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पत्रकारले समाजमा घटेका घटनालाई मर्यादित तवरले सम्प्रेषण गर्नुपर्ने बताए। रहरका आधारमा चलेको प्रवासको पत्रकारितालाई लामो समयसम्म टिकाउन निकै मुस्किल हुने सन्दर्भमा नेपाल न्यूज अष्ट्रेलियाले आफ्नो दसौं वर्ष पूरा गरेको खुसी व्यक्त गर्दै थापाले सामाजिक दायित्वसमेत पूरा गरेको बताए। उनले प्रवासको नेपाली समुदायलाई जोड्ने र स्थानीय गतिविधिलाई एक अर्काको पहुँचमा पुर्‍याउने काममा यहाँका सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने धारणा राखे।

‘नेपाली पत्रकारको आँखामा प्रवासी पत्रकारिता’ शीर्षकको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिभिजनका प्रमुख कार्यकारी अध्यक्ष समिरजंग शाहले बदलिएको सञ्चारकर्मलाई प्रवासका पत्रकारले उचित मूल्याङ्कन गरी आफ्नो मूल्य र मान्यतामा ध्यान दिएर पत्रकारिता गर्न सुझाव दिए। उनले व्यस्त जीवनबीच थोरै समय छुट्याएर पत्रकारितालाई जिवितै राख्नु गर्वको विषय भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए। यस्तै गोरखापत्र संस्थानका प्रमुख कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीले उच्च शिक्षा अध्ययन तथा कामका शिलसिलामा विभिन्न मुलुकमा पुगेका नेपाली सञ्चारकर्मीले प्रवामा मात्र नभएर नेपाली मुलधारका मिडियामा समेत डायस्पोराका गतिविधिबारे समाचार सम्प्रेषण गर्दै आएको स्मरण गर्दै निरन्तरताको कामना गरे। उनले नेपालमा पत्रकारिताको कखरा पढेका र कलम चलाएकाहरू नै यतिबेला प्रवासी नेपाली पत्रकारिताको आधारस्तम्भ भएको भन्दै सत्य तथ्य र समाजमा आधारित भएर पत्रकारितलाई निरन्तरता दिन सुझाव दिए। कार्यक्रममा रेडियो नेपालका चिफ रिपोर्टर प्रमोद दाहालले विभिन्न बाध्यता र परिस्थितिबीच बिदेसिएका पत्रकारले प्रवासमा पनि राम्रो छाप छोडेको बताए। उनले यसलाई आगानी दिनमा निरन्तरता दिनुका साथै सामाजिक दायित्वसमेत निर्वाह गर्न आग्रह गरे। समाजका अगुवा इन्द्रा बनले नेपाली पत्रकारले समुदायउन्मुख पत्रकारिता गर्नुपर्ने भन्दै निरन्तरताको कामना गरिन्।

  • लुक्ला सम्पादक
सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑